२०८१ असार २०, बिहिवार

अन्तिम खेलमा नेपाल विजयी

2 months ago

बैशाख २२गते :आसिफ शेख र अनिल साहले अर्धशतक बनाएपछि नेपालले ट्वान्टी २० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ७३ रनको लक्ष्य नेपालले ७ बल अगाडि नै पुरा गर्‍यो ।

आसिफ र अनिलले दोस्रो विकेटमा ७१ बलमा ९६ रनको साझेदारी तथा कुशल मल्लको सानदार ब्याटिङमा नेपालले शृंखलामा सान्त्वना विजय हात पारेको हो । वेस्ट इन्डिज ‘ए’ ले ३–२ को अग्रतासँगैं शृंखला आफ्नो पक्षमा पारेको छ ।

रोहितको १ सय १२ रनमा नेपालले अघिल्लो शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो । तर नेपाल दोस्रो खेलमा १० रनले पराजित भएपछि क्यारेबियन टोलीले शृंखला बराबरी गरेको थियो । वेस्ट इन्डिज ‘ए’ ले त्यसपछि तेस्रो खेल ७६ र चौँथो खेल २८ रनले जितेको थियो ।

कुशल भुर्तेल ९ बलमा ३ चौका प्रहार गरी १३ रनमा आउट भएपछि आसिफ र अनिलले जमेर खेलेका थिए । आसिफले ५१ रन बनाए । उनले ३५ बल खेली २ चौका र ५ छक्का प्रहार गरे । सुरुआतमा विकेटमा जम्न समय लगाएका अनिलले ४५ बल खेली समान ४ चौका र छक्का प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरी ४ रनमै आउट भए पनि कुशल मल्लले आक्रामक ब्याटिङ गरि नेपालले सानदार विजय दिलाए । अन्तिम दुई ओभरमा २२ रन बनाउनु पर्ने अवस्थामा मल्लले पहिलो दुई बलमा छक्का र चौका प्रहार गरेका थिए । तेस्रो बलमा लेग बाईमा चौका भए पनि मल्लले अर्को दुई बलमा लगातार चौका प्रहार गरि नेपाललाई जिताए ।

नुन को भाउ बड्यो
विजनेस 2 days ago