अब मृगौला प्रत्यारोपण गर्न राजधानी धाउनु नपर्ने हेटौंडा अस्पताल मै हुने
2 years ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2022/12/FB_IMG_16705805797110945-715x400.jpg)
मङ्सिर २३गते:बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ ।
धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो ।
हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटा र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुष्करचन्द्र श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
हेटौँडा अस्पतालमा पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु आठ करोड अनुदान रकम उपलबध गराइएको अस्पतालका मेसु डा सापकोटाले जानकारी दिनुभयो ।
मिर्गौला प्रत्यारोपणका लागि आवश्यक कक्ष, बिरामी राख्ने कक्ष, आईसीयू कक्ष र दक्ष चिकित्सक उपलब्ध गराएर केही महिनाभित्रै पूर्वाधार निर्माण गरिसक्ने लक्ष्य छ । मिर्गौला प्रत्यारोपण गर्न सघाउन धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मी हेटौँडा अस्पतालमा खटिने डा सापकोटाले बताउनुभयो ।
प्रत्यारोपण कार्य सुरु भए सातै प्रदेशका मिर्गौलाका रोगीलाई सहज हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशीले बताउनुभयो । यहाँ प्रत्यारोपण सेवा नहुँदा जिल्लाका मिर्गौला रोगी काठमाडौँ, ललितपुर, भक्तपुर, चितवनलगायतका अस्पताल जाने गरेका छन् ।
असार १८गते मंङगलबार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/11/FB_IMG_16569527596383283-200x130.jpg)
एसईइ को मौका परिक्षा साउन २३गते देखि ३१गते हुने
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_1974-200x130.jpeg)
असार १७गते सोम वार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2143-200x130.jpeg)
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2142-200x130.jpeg)
घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_17028302166853974-200x130.jpg)
ललितपुर को लालिगुरास सहकारी का अध्यक्षसहित ४ जना पक्राउ
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2137-200x130.jpeg)
आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जित्यो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2133-200x130.jpeg)
असार १६गते आइतवार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/01/inbound4623768261672775143-200x130.jpg)
नक्कली भुटानी शरणार्थी प्रकरण मा बादल का छोरा प्रतीक थापा पक्राउ
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_15589685041685176-200x130.jpg)
असार १५ र धान दिवस बिभिन्न कार्य क्रम गरि मनाईयाे
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2131-200x130.jpeg)