२०८१ असार २१, शुक्रवार

असार ५गते बुधवार को राशिफल हेर्नुस

2 weeks ago

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाँउबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ । पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाँउबाट आम्दानी हुने दिन छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ । धनको लाभ हुनेछ । काममा जोश जाँगर आउनाले मन प्रफुल्ल होला । सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । आर्थिक लाभ हुने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कसैसँग मनमुटाव हुन सक्छ । वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायसै रुपैँया पैसाको पनि क्षती हुने दिन छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । साथै, मनमा पिडाले पनि सताउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रमको उचित मूल्यांकन हुनेछ । तर, काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ, तर ब्यापारमा भने लाभ मिल्ला । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । मान सम्मान पनि पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरन्जका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुनेछ । मान्यजनको आगमन पनि हुन सक्छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गर्ने दिन रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आदीको कामबाट फाइदा हुने देखिन्छ । नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । सामान्यतया दिन ठिकै छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । पारिवारिक सुख सम्मृद्धिमा बृद्धि हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । नसोचेको ठाँउमा धनको नाश हुने दिन छ । स्वास्थ्यमा गडबडीको संकेत गर्दैछ, खानपिनमा एकदमै सावधान रहनु होला । सानातिना काम र घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । भौतिक साधनको क्षति हुने दिन छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ । नयाँ जिम्मेवारी पाइएला । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्, रोकिएका कामहरु बन्ने दिन छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । तपाइका प्रशंसा गर्नेहरु बढ्ने छन् । ब्यापार ब्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साथै, धन लाभ पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
खर्च लागेपनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ, आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ । अवसर आएपनि विचार गरेर मात्र नयाँ काम सुरु गर्नुहोला, कतै टाढाको यात्राको सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ । केहि रुपैँया पैसा भने खर्च गर्नुपर्ने छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ । शरिरमा सामान्य रोगले पनि सताउन सक्छ । स्वास्थ्यगत कमजोरीले सताउला । मनमा घरायसी पिडाले डेरा जमाउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ । समयको भने बचत गर्नुहोला । तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला ।

नुन को भाउ बड्यो
विजनेस 2 days ago