आज काठमाडौं बिभिन्न ठाउँ बति जाने
20 hours ago
फागुन ९ गते ✍️ होप अनलाईन मिडिया
नेपाल विद्युत् प्राधिकरण ले आज काठमाडौंका केही स्थानमा निर्धारित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ।
प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने सिनामंगल चोक र तिलगंगा क्षेत्रमा लाइन मर्मतका कारण विद्युत् सेवा रोकिनेछ। तिलगंगा आँखा अस्पताल अगाडि रहेको ढल्किएको पोल व्यवस्थापन गर्न ११ केभी प्रसारण लाइन अस्थायी रूपमा बन्द गर्न लागिएको हो।
यसअनुसार तिलगंगा, प्रकाश सन्यास आश्रम, सम्भुमार्ग, गौशाला र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि १२:३० बजेसम्म विद्युत् कटौती हुनेछ। त्यस्तै, तिनकुने, गैरीगाउँ, सिनामंगल तथा विमानस्थल क्षेत्रका अन्य स्थानमा दिउँसो १ बजेदेखि २:३० बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।
यस्तै, महाराजगञ्ज वितरण केन्द्र मातहतका केही स्थानमा पनि आज विद्युत् सेवा प्रभावित हुनेछ। काठमाडौं उपत्यकाको मध्य तथा उत्तर क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत बनाउने कार्य भइरहेकाले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन अवरुद्ध गरिने जनाइएको छ।
बालुवाटार, शिवपुरी स्कुल, पाण्डोल मार्ग तथा प्रधानमन्त्री निवास आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिनेछ। हेपाली हाइट, च्यासिङडोल, देउराली जनता, भगवती मन्दिर, धापासी लगायतका स्थानमा पनि सोही अवधिमा विद्युत् कटौती हुनेछ।
त्यसैगरी, वंशीधर मार्ग, चण्डोल, विशालनगर, सेन्ट्रल अपार्टमेन्ट र टुँडालदेवी मन्दिर आसपासका क्षेत्रमा भने दिउँसो १२ बजेदेखि २ बजेसम्म विद्युत् सेवा बन्द रहने जानकारी दिइएको छ।
विद्युत् अवरोधबाट उपभोक्तामा पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।
रौतहट जिल्लामा दुई समुदायबीच भएको झडप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी
निर्वाचन आयोग ले राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्ना घोषणापत्र अनिवार्य रूपमा आयोगमा दर्ता गराउन निर्देशन
पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ
शिवरात्रि मा गुप्तेश्वर महादेव मन्दिर मा भक्तजनहरूको घुइँचो भजन मेला भब्य रूप ले सम्पन्न
पेट्रोल र डिजेलको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू
विमानस्थल क्षेत्रमा जुलुस धर्ना प्रदर्शन गर्न नपाइने
नेपाल इटालीसँग १० विकेटले पराजित
सिसि क्यामरा बन्द गरि तिन हजार लिटर बडि डिजेल लोड गरि खाने :नेपाल अायल निगम पूर्व प्रमुखसहित तीन जना दोषी ठहर
आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

