आज को मौसम कस्तो छ
3 days ago
फागुन १३गते ✍️ होप अनलाईन मिडिया
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ। अन्य पहाडी र हिमाली भेगका एक–दुई स्थानमा पनि छिटपुट वर्षा तथा हिमपातको अवस्था देखिएको छ।
देशका अधिकांश पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका धेरै स्थानमा मौसम सफा रहेको जनाइएको छ। आज बिहान तराईका केही क्षेत्रमा हुस्सु लाग्ने सम्भावना छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा पनि समान प्रकृतिको मौसम गतिविधि देखिन सक्ने सम्भावना रहेको छ। तराई क्षेत्रमा भने दिउँसो मौसम प्रायः सफा रहनेछ।
आज राति तराईका केही भागमा तुँवालो लाग्न सक्नेछ। गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रसहित अन्य प्रदेशका हिमाली भेगमा सामान्य बदली रहने अनुमान छ। बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मुख्यतः सफा मौसम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
महाशाखाले हुस्सु, तुँवालो, वर्षा तथा हिमपातको सम्भावना रहेका क्षेत्रमा यात्रा गर्दा तथा दैनिक कामकाज सञ्चालन गर्दा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
त्रिशुलि मा रात्रि बस खस्दा १८जना को मृत्यु २४जना घाइते
तारकेश्वर नगरपालिका–१० मनमैंजु क्षेत्रमा एक घरभित्र पसेको चितुवालाई सकुशल नियन्त्रणमा लिईयाे
रौतहट जिल्लामा दुई समुदायबीच भएको झडप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी
निर्वाचन आयोग ले राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्ना घोषणापत्र अनिवार्य रूपमा आयोगमा दर्ता गराउन निर्देशन
आज काठमाडौं बिभिन्न ठाउँ बति जाने
पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ
शिवरात्रि मा गुप्तेश्वर महादेव मन्दिर मा भक्तजनहरूको घुइँचो भजन मेला भब्य रूप ले सम्पन्न
पेट्रोल र डिजेलको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू

