आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै
1 week ago
माघ २९गते ✍️ होप अनलाईन मिडिया
आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह ‘सी’ को महत्वपूर्ण खेलमा आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ। भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजेदेखि सुरु हुनेछ।
विश्वकपको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध निकै प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो। अन्तिमसम्म रोमाञ्चक बनेको उक्त खेलमा नेपाल ४ रनले पराजित भए पनि टोलीको खेलशैलीले अन्तर्राष्ट्रिय क्रिकेट जगतबाट प्रशंसा पाएको छ।
यता, इटालीले आफ्नो पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनको हार बेहोरेको थियो। त्यसैले आजको खेल दुवै टोलीका लागि अत्यन्तै निर्णायक मानिएको छ। सुपर–८ मा स्थान सुरक्षित गर्न नेपाललाई जित अनिवार्यजस्तै बनेको छ भने इटाली पनि पुनरागमनको खोजीमा मैदान उत्रनेछ।
नेपाली टोलीको नेतृत्व
यसपटक नेपालले रोहित पौडेलको कप्तानीमा तेस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाएको हो। १५ सदस्यीय नेपाली टोली भारतमै रहेर प्रतिस्पर्धा गरिरहेको छ।
टोलीमा रहेका खेलाडीहरू:
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद।
समूह ‘सी’ को अवस्था
नेपाल रहेको समूहमा स्कटल्याण्ड, इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिज रहेका छन्।
आजको खेलपछि नेपालले फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। सबै खेल मुम्बईको वानखेडे स्टेडियममै हुनेछ।
आजको खेल नेपाली समर्थकका लागि निकै चासोको विषय बनेको छ। उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक जित हात पार्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिनेछ।
पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ
शिवरात्रि मा गुप्तेश्वर महादेव मन्दिर मा भक्तजनहरूको घुइँचो भजन मेला भब्य रूप ले सम्पन्न
पेट्रोल र डिजेलको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू
विमानस्थल क्षेत्रमा जुलुस धर्ना प्रदर्शन गर्न नपाइने
नेपाल इटालीसँग १० विकेटले पराजित
सिसि क्यामरा बन्द गरि तिन हजार लिटर बडि डिजेल लोड गरि खाने :नेपाल अायल निगम पूर्व प्रमुखसहित तीन जना दोषी ठहर
विद्यार्थी आन्दोलनपछि पहिलो पटक बंगलादेशमा बिहीबार एकैसाथ जनमत संग्रह र संसदीय निर्वाचन
हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठक इन्टरपोलको सहयोगमा नेपाल ल्याइए
⸻ रामेछापमा बस दुर्घटनापछिको आन्दोलन चर्कियो, प्रशासन कार्यालय घेराउ

