एनपिएल को उद्घाटन खेल मा काठमाडौं गोर्खाज विजयि
8 hours ago
मंसिर १गते ✍️ होप अनलाईन मिडिया
दोस्रो नेपाल प्रिमियर लिग एनपिएल को उद्घाटन मुकाबिलामा काठमाडौं गोर्खाजले उत्कृष्ट प्रदर्शन गर्दै पूर्व च्याम्पियन जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको छ। खेलको सुरुआतमा टस जित्न नसकेर पहिले ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभर पूरा हुँदा ६ विकेट गुमाएर १३० रनको मध्यम स्कोर खडा गरेको थियो। बलियो लक्ष्य बनाउन नसकेको जनकपुरको खेललाई काठमाडौंले सहजै पछ्याउँदै १८ ओभरमै ५ विकेटको क्षतिमा १३१ रन जोडेर जित हात पारेको हो।
यस जितसँगै काठमाडौंले गत वर्ष पहिलो संस्करणमा जनकपुरसँग भएको हारको हिसाब समेत बराबरी गरेको छ। अघिल्लो वर्ष जनकपुरले काठमाडौंलाई पाँच विकेटले हराएको थियो।
काठमाडौंका ओपनर आकाश त्रिपाठी र वेन चालेवर्थले राम्रो सुरुवात दिलाउँदै पहिलो विकेटका लागि ८.१ ओभरमै ७० रन जोडे। वेनले आक्रामक ब्याटिङ गर्दै २३ बलमा पाँच चौका र तीन छक्का सहित ४६ रन जोडे भने आकाशले धैर्यपूर्ण पारी खेल्दै ४५ बलमा ३९ रन थपे। तीव्र सुरुवातपछि मध्यक्रमका मिलिन्द कुमारले १९ रन र जोन सिम्पसनले छक्का तथा चौका प्रहार गर्दै १३ रनको योगदान दिए।
बलिङतर्फ जनकपुरका पाँच खेलाडी—किशोर महतो, अनिल साह, ललित राजवंशी, जान निकोल लफ्टी इटन र संजय कृष्णमुर्तिले एक–एक विकेट लिँदै प्रयास गरे पनि काठमाडौंलाई रोक्न उनीहरू सफल भएनन्।
जनकपुरतर्फ ओपनर आशिफ शेखले मात्र बलियो ब्याटिङ प्रदर्शन गरे। उनले ४१ बलमा ५ चौका सहित ५४ रन बनाए। तर मध्यक्रम भने कमजोर रह्यो, जसको फाइदा काठमाडौंका स्पिनरहरूले उठाए। अन्तिमतिर मायंक यादव र लाहिरु समराकुनले छैटौँ विकेटका लागि ४८ रनको साझेदारी गर्दै टीमलाई सम्मानजनक स्कोरसम्म पुर्याए। मायंकले ३४ रन र लाहिरुले २२ रन जोडे।
काठमाडौंका बलर मिलिन्द कुमारले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक तीन विकेट लिएका थिए। उनीसँगै करण केसी, साहब आलम र सन्तोष यादवले पनि एक–एक विकेट हात पारे।
उद्घाटन खेलमै प्रभावशाली जित निकाल्दै काठमाडौं गोर्खाजले प्रतियोगिताको उत्कृष्ट सुरुआत गरेको छ।
मंसिर १गते आइतवार को राशिफल हेर्नुहोस
कातिक ३०गते आइतवार को राशिफल हेर्नुहोस
पेट्रोल र डिजेलको मूल्य वृद्धि
सिन्धुलि मा महेश बस्नेत गर्जिय : अहिले को सरकार विघटन हुनु पर्छ
कातिक २९गते शनिवार को राशिफल हेर्नुहोस
वडाध्यक्ष यादव को गोलि हानि ह्त्या
नेपालमा भदौ २३ र २४ गते भएको घटनामा भएको क्षतिको विषयमा गठित जाँचबुझ आयोगले अब उच्चपदस्थ अधिकारीहरूको बयान लिने
सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता लागु
आज शुक्रवार को राशिफल हेर्नुहोस

