२०८२ माघ २०, मंगलवार

काठमाडौं काे नदि किनारा मा २०मिटर जग्गा छोडनु नपरने

2 weeks ago

माघ ५गते :✍️ होप अनलाईन मिडिया

सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाभित्र बागमती नदी र यसका सहायक नदी किनारामा लागू गरिएको अतिरिक्त २० मिटर जग्गा छाड्नुपर्ने पूर्वनिर्णय खारेज गरेको छ। अब नदीको हकमा तोकिएको मापदण्डबाहेक दायाँ–बायाँ थप २० मिटर खाली राख्नुपर्ने व्यवस्था लागू नहुने भएको छ।

न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले २०८० साल पुस ३ गते संयुक्त इजलासबाट आएको उक्त आदेशलाई उल्ट्याउने फैसला गरेको हो। यस निर्णयसँगै नदी किनार आसपास घर तथा संरचना निर्माण गर्दा थप २० मिटर छाड्नैपर्ने बाध्यता हटेको छ।

फैसलामा उल्लेख गरिएअनुसार, कानुनअनुसार नक्सा पास गरी पहिल्यै निर्माण भइसकेका भवन तथा संरचनाहरूलाई २० मिटरको कारण देखाएर हटाउनुपर्ने वा प्रतिबन्ध लगाउने व्यवस्था कानुन र न्यायसंगत नदेखिएको अदालतको ठहर छ। यद्यपि, नदी तथा खोलाको स्वाभाविक बहाव कायम राख्न आवश्यक परेमा कानुनबमोजिम क्षतिपूर्ति दिई जग्गा प्राप्त गर्न सकिने व्यवस्था भने यथावत् रहने जनाइएको छ।