२०८२ मंसिर १, सोमवार

कातिक २९गते शनिवार को राशिफल हेर्नुहोस

3 days ago

कातिक २९गते को राशिफल हेर्नुहोस

सुचना सन्देश मंनाेरञजन समाचार

 

 

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफन्तहरू भेटिने अवसर मिल्नेछ। केही समयदेखि रोकिएको घर–परिवारको काम अघि बढ्नेछ। नयाँ योजनालाई गोप्य राखेर अघि बढ्नु लाभदायक हुनेछ। निर्णयमा अलमल भएपछि धैर्य गर्नुपर्ला। परिवारका सदस्यबाट सहयोग पाउनेछ। पुराना समस्या वा रोगले फेरि सताउन सक्छ। बिछोडिएका मान्छेहरूसँग पुनः भेट हुने सम्भावना छ।

♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सामान–स्रोत बिग्रनाले तालमेल मिलाउन कठिनाइ आउला। मनमा खिन्नता बढ्न सक्छ र कल्पनामा धेरै समय बित्न सक्छ। बोलेको कुराको गलत अर्थ लाग्न सक्छ, त्यसैले सम्झदारी आवश्यक छ। नयाँ कामका प्रस्ताव आउनेछन् र सहयोग गर्ने हात पनि बढ्नेछन्। रकम कमाउने अवसर प्राप्त हुनेछ।

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अघिल्लो उपलब्धिले नयाँ योजनामा जुट्ने हिम्मत बढाउनेछ। नयाँ काम वा अवसरको प्रस्ताव आउने सम्भावना छ। साथ दिने तथा हौसला जगाउने मानिसहरू धेरै भेटिन सक्छन्। अध्ययन वा बौद्धिक प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। आयका स्रोत थपिन सक्छन्, दीर्घकालीन फाइदा हुने योग छ।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रचनात्मक कार्य सुरुवात गर्न उपयुक्त समय छ। घर–परिवारमा रमाइलो वातावरण बन्नेछ र स्वादिष्ट खानेकुराको मजा पाइनेछ। कृषि वा पशुपालनसँग सम्बन्धित कामबाट लाभ उठाउन सकिन्छ। पढाइलेखाइमा प्रगति हुनेछ। अघिल्लो सफलताले आत्मविश्वास बढाउनेछ।

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अनपेक्षित समस्या र झमेला आउन सक्छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी देखिन सक्छ। गरिएका प्रयासले जीवनशैलीमा सुधार ल्याउन सक्छ। तपाईंका क्षमता र बौद्धिक कार्यले अन्यलाई आकर्षित गर्नेछ। खर्च बढ्न सक्छ र काममा लापरवाही पनि देखिन सक्छ। व्यवसायमा थप लगानी आवश्यक हुन सक्छ।

♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

उद्योग तथा व्यापारमा सामान्य फाइदा हुनेछ। सहयोग गर्ने व्यक्तिहरू पछि हट्न सक्छन्, जसले केही चुनौती थप्न सक्छ। जटिल कामहरू पूरा गर्न सफल भइनेछ र उत्साह बढ्नेछ। व्यापारमा राम्रो अवसर हात पर्नेछन्। अध्ययनमा प्रगति हुनेछ र लक्ष्यमा नजिकिन सकिनेछ। विगतका कमजोरी सुधार्ने मौका मिल्नेछ।

♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तपाईंको विचार र शैलीबाट धेरै प्रभावित हुनेछन्। तपाईंको प्रशंसा गर्नेहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। वरिष्ठको सहयोगले रोकेको काम बन्न सक्छ। उपहार वा उपहासन प्राप्त हुने समय छ। आकर्षक पहिरनले व्यक्तित्व चम्किनेछ। रमाइलो जमघट र नयाँ अवसर प्राप्त हुने योग छ।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

घर–परिवारमा केही असमझदारी बढ्न सक्छ। आमा–बुबाबाट आएका स्रोत वा धन प्रयोग गर्दा सामान्य फाइदा मिल्न सक्छ। स्वास्थ्य तन्दुरुस्त रहनेछ र काममा ऊर्जा आउनेछ। मेहनतले सम्मानित स्थान हासिल गर्न सकिन्छ। अनपेक्षित रूपमा धन प्राप्ति हुने सम्भावना छ।

♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

चोरी, ठगी वा धोका लगाउने घटनाबाट बच्न विशेष सावधानी अपनाउनु आवश्यक छ। आर्थिक व्यवहार गर्दा ध्यान दिनुपर्छ। सामाजिक क्षेत्रमा तपाईंको नेतृत्व देखिन सक्छ। कामले धेरैलाई आकर्षित गर्नेछ। प्रभावशाली व्यक्तिसँग सम्बन्ध बढ्नेछ। आफ्ना कुराले अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। जग्गा–जमिन वा पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने सम्भावना छ।

♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

गुरुजनको मार्गदर्शन र बुद्धिको प्रयोगले लक्ष्य हासिल गर्न सकिनेछ। प्रतिस्पर्धाले नयाँ जोश ल्याउनेछ। आर्थिक पक्ष मजबुत बन्दै जानेछ। कानुनी, न्यायिक वा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्न सक्छ। उपहार प्राप्त गर्ने अवसर छ। प्रतिस्पर्धीलाई पछि पार्दै आय बढाउन सकिनेछ।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

टाढिएका आफन्त नजिकिन सक्छन्। घरमै बसेर धेरै काम सम्पन्न गर्न सकिनेछ। रमाइलो र खुसीले भरिएको दिन रहनेछ। परिवारले साथ दिनेछ। पढाइ तथा अन्य क्षेत्रमा प्रगति देखिन सक्छ। आज गरिएका प्रयास सफल हुने सम्भावना धेरै छ। कृषि तथा व्यवसायमा राम्रो फाइदा हुनेछ।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अनावश्यक काम–धन्दा र धपेडीले समय खर्चिन सक्छ। गतिका हिसाबले आफैँलाई मिलाउन कठिन होला। लामो वा टाढाको यात्रा हुन सक्छ, तर अनावश्यक यात्रा टार्नु उचित हुन्छ। बोलीको प्रभाव बढ्नेछ र आफ्नो कला वा अभिव्यक्तिले अवसर दिलाउन सक्छ। यात्राको सम्भावना भने रहनेछ।