काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट गोकुल बास्कोटा टिकट पायन्न
2 weeks ago
माघ ५गते :✍️ होप अनलाईन मिडिया
काभ्रेपलाञ्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) ले उम्मेदवारका रूपमा अशोक ब्याञ्जूलाई अघि सारेको छ। एमालेका केन्द्रीय सदस्यसमेत रहेका ब्याञ्जू हाल धुलिखेल नगरपालिकाको मेयरका रूपमा कार्यरत छन्।
यसअघि सो क्षेत्रमा एमाले नेता गोकुल बाँस्कोटालाई प्रमुख दाबेदारका रूपमा हेरिँदै आएको थियो। जिल्ला कमिटीले समेत बाँस्कोटाको नाम एकल रूपमा सिफारिस गरेको थियो। तर अन्ततः पार्टीले ब्याञ्जूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र बाँस्कोटाबीचको सम्बन्ध सहज नरहेको कारण बाँस्कोटाले टिकट नपाएको चर्चा चलिरहेको छ। गत महिना सम्पन्न एमाले महाधिवेशनमा बाँस्कोटा ईश्वर पोखरेल समूहबाट सचिव पदका उम्मेदवार बनेका थिए।
उक्त निर्वाचन क्षेत्रमा अघिल्लो चुनावमा कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै बाँस्कोटाले जित हासिल गरेका थिए।
फेक रेस्क्यू’ (नक्कली उद्धार) र बीमा ठगी धन्दामा संलग्न ६ जना प्रतिष्ठित ट्राभल कम्पनीका सञ्चालकहरू पक्राउ
सरस्वतीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ
आजदेखि देशभर मौसम फेरबदल: वर्षा, हिमपात र असिनाको सम्भावना
सिन्धुलीमा चुनावी रौनक: क्षेत्र नं. २ मा १६ जनाको भिडन्त, बागी र स्वतन्त्रले तताए माहोल
उदयपुर अधेरि खोला मा ट्रक दुर्घटना दुई जना को निधन
धादिङ निर्वाचन क्षेत्र नं. १ बाट रास्वपाको ‘घण्टी’ चिह्न लिएर चुनाव लडदै अाशिका तामाङ
काठमाडौं काे नदि किनारा मा २०मिटर जग्गा छोडनु नपरने

