२०८१ असार १८, मंगलवार

गुल्मेली युवाले नेपालमा पहीलो पटक भित्राए अमेरिकन रेष्टुरेन्ट ब्राण्ड ‘केन्नी रोजर्स रोस्टर्स’

9 months ago

गुल्मीका दुई युवा व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्दर महतराले अमेरिकन रेष्टुरेन्ट ब्रान्डलाई नेपाल भित्र्याएका हुन् । गुण ग्रुपले सञ्चालन गरेको दरबार मलको दोस्रो तलामा रेष्टुरेन्ट रहेको छ । जसबाट दरबारमार्गका गतिविधि समेत नियाल्न सकिन्छ । केन्नी रोजर्सको स्टान्र्डर्डमा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन करीव तीन करोड रुपैयाँ लगानी लागेको सञ्चालक थापाले जानकारी दिए । रेष्टुरेन्ट दुई हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ, जहाँ एकैपटक ७० जनासम्मले सेवा लिन सक्छन् ।

चर्चित अमेरिकन रेष्टुरेन्ट ब्रान्ड केन्नी रोजर्स रोस्टर्स (केआरआर) नेपाल भित्रिएको छ । काठमाडौंको दरबारमार्गस्थित ‘दरबार मल’मा केन्नी रोजर्स रोस्टर्सको आउटलेट सञ्चालनमा आएको हो ।

वुडन आर्किटेक’ डिजाइनमा तयार पारिएको रेष्टुरेन्टमा पुग्ने ग्राहकहरुले परम्परागत मौलिक र आधुनिक शैलीको फ्युजन महशुस गर्न सक्नेछन् । वुडन थिमले रेष्टुरेन्टलाई थप आकर्षक बनाएको छ ।केन्नी रोजर्स रोस्टर्स नेपालमा पहिलो पटक भित्रिएको हो । ‘विदेशमा ठूला जहाजमा म्यानेजरको काम गर्दा केन्नी रोजर्स रेष्टुरेन्टमा खाना खाएको अनुभव सुनाउँदै रेष्टुरेन्टका अर्का सञ्चालक महतराले नेपालमा स्वादिला परिकार खोज्दै रेष्टुरेन्ट धाउनेहरुको बीचमा नयाँ स्वाद पस्किएको बताए । केन्नी रोजर्स रोस्टर्सको मुख्य डिस ‘चिकेन आइटम’ हुन् । रेष्टुरेन्टका मुख्य परिकारमा तेल नहाली पकाइने मेसिन रोस्टेड होल चिकन, फ्राइड र अनफ्राइड (ओएमजी) चिकन, पिज्जा स्वादको स्यान्डविच, फिस वर्गरलगायत रहेका छन् । परिवारसँग आउने बच्चाहरुलाई चिकेन ललिपप, चिकेन विङ्स, मफिन्स, मिनी वर्गर लगायत परिकार पाक्छन् ।