२०८१ असार १८, मंगलवार

तिन नक्कली स्वास्थ्य कर्मि पक्राउ

4 months ago

फागुन १५गते :रौतहटको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत शुकदेव चौकस्थित एक निजी अस्पतालबाट तीन जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।

यमुनामाई गाउपालिका- १ सुकदेव चौकमा स्थित सगरमाथा तराई हस्पिटल प्रा.लि.मा कार्यरत तीन जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा भारत बिहारका ४५ वर्षीय हसिंन अख्तर र २७ वर्षीय मो. तबरेज आलम तथा यमुनामाई गापा-२ भेडियाहीटोल बस्ने २७ वर्षाका कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको हो ।

उनीहरूसँग बिरामीहरूको उपचार गर्न पाउने ईजाजत पत्र माग गर्दा निजहरूसँग उपचार गर्नका लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण-पत्र नभएको कारण निजहरूलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत इलाजसम्बन्धी कसूरमा मुद्दा दर्ता समेत गरेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पताल सञ्चालनमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय रौतहटमा बिना दर्ता ब्यापक रुपमा निजी अस्पताल सञ्चालन भइरहेको पाइएको छ ।

नियमनकारी निकायले जिल्लामा सञ्चालित त्यस्ता अस्पतालहरूको अनुगमन नगर्दा सैयौँ नागरिकहरूले अकालमा ज्यान गुमाउनु परिरहेको स्थानीयहरूले बताएका छन् ।