२०८२ फागुन १२, मंगलवार

त्रिशुलि मा रात्रि बस खस्दा १८जना को मृत्यु २४जना घाइते

2 days ago

 

फागुन ११गते ✍️ होप अनलाईन मिडिया

सोमबार बिहान करिब १:२५ बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा नजिकै ग २ ख १४२१ नम्बरको बस त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरण अनुसार बसमा सवार १८ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकमध्ये ३ जना महिला र १४ जना पुरुष रहेका छन्। उनीहरुको पहिचान खुलाउने कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्। घाइतेहरुलाई तत्कालै उद्धार गरी नजिकका अस्पतालहरुमा उपचारका लागि पठाइएको छ। दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका थिए।

रातिको समय, चिसो मौसम र नदीको बहावका कारण उद्धार कार्यमा केही चुनौती देखिएको बताइएको छ। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।