देश को बिभिन्न ठाउँ मा पहिरो मा परि ७जाना को मृत्यु
3 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2129-720x400.jpeg)
असार १५गते :गुल्मी र स्याङ्गजा पहिरोमा पुरिएर ७ जनाको जनाको मृत्यु भएको छ । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा रहेको भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताउनुभयो ।
पहिरोमा पुरिएर ५५ बर्षिय भेष बहादुर कामी, उनकी श्रीमती ४८ बर्षिय सुन्तली कामी, बुहारी २६ वर्षिय सिता बिक, नातिनिहरु ८ वर्षकी सपना बिकर र, ८ महिनाकी बिपना बिकको मृत्यु भएको प्रक़हरीले जनाएको छ । गुल्मीमा गएराती अबिरल वर्षा भएको थियो ।
घर माथिबाट ढुङ्गा ,माटो सहितको पहिरोले भेषबहादुर कामीको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घर पुरेको हो ।
उनिहरुलाई राति नै पुरेको हुनसक्ने अनुमान रहेको छ । घटना स्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली पुगेको छ ।
त्यसै गरी स्याङजाको फेदी खोला गाउँपालिका वडा नं. ५ बाँगेमा अविरल बर्षासँगै गएको पहिरोले घरगोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । ढुङ्गा माटो र टिनले छाएको एक तले घर गोठँको २५ मिटर माथिबाट आएको पहिरोले पुरिँदा ३१ वर्षीया दुर्गा जिटी र निजकी छोरी तीन वर्षीया निकिसा जिटीको मृत्यु भएको हो ।आमा छोरीको घटना स्थमलै मृत्यु भएको प्रहहरीले जनाएको छ ।।
यस्तै यता बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका प्रहरीले जनाएको छ । यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । । यस क्षेत्रमा हिजोदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।
असार १८गते मंङगलबार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/11/FB_IMG_16569527596383283-200x130.jpg)
एसईइ को मौका परिक्षा साउन २३गते देखि ३१गते हुने
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_1974-200x130.jpeg)
असार १७गते सोम वार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2143-200x130.jpeg)
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2142-200x130.jpeg)
घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_17028302166853974-200x130.jpg)
ललितपुर को लालिगुरास सहकारी का अध्यक्षसहित ४ जना पक्राउ
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2137-200x130.jpeg)
आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जित्यो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2133-200x130.jpeg)
असार १६गते आइतवार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/01/inbound4623768261672775143-200x130.jpg)
नक्कली भुटानी शरणार्थी प्रकरण मा बादल का छोरा प्रतीक थापा पक्राउ
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_15589685041685176-200x130.jpg)
असार १५ र धान दिवस बिभिन्न कार्य क्रम गरि मनाईयाे
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2131-200x130.jpeg)