धादिङ निर्वाचन क्षेत्र नं. १ बाट रास्वपाको ‘घण्टी’ चिह्न लिएर चुनाव लडदै अाशिका तामाङ
2 weeks ago
लिएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेकी तामाङ अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिने पक्का भएको छ।
धादिङ-१ मा घण्टीको नयाँ लहर
सामाजिक सेवा र प्रखर आवाजका कारण चर्चामा रहेकी तामाङले अब धादिङ निर्वाचन क्षेत्र नं. १ बाट रास्वपाको ‘घण्टी’ चिह्न लिएर चुनाव लड्नेछिन्। सोमबार रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नेता गणेश पराजुलीले उनलाई पार्टीको आधिकारिक टिकट हस्तान्तरण गर्नुभएको हो।
किन फेरियो निर्णय?
यसअघि उनले स्वतन्त्र रूपमा चुनाव लड्ने घोषणा गरेकी थिइन्। तर, समान विचारधारा र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकतालाई मध्यनजर गर्दै उनी रास्वपामा समाहित भएकी हुन्। सामाजिक सञ्जालमा बलियो उपस्थिति रहेकी तामाङको आगमनले धादिङमा रास्वपाको संगठन थप मजबुत हुने अनुमान गरिएको छ।
यो निर्णयसँगै धादिङ-१ को चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ। सामाजिक कार्यबाट आर्जन गरेको लोकप्रियतालाई तामाङले मतमा बदल्न सक्छन् वा सक्दैनन्, त्यो भने हेर्न बाँकी छ।
फेक रेस्क्यू’ (नक्कली उद्धार) र बीमा ठगी धन्दामा संलग्न ६ जना प्रतिष्ठित ट्राभल कम्पनीका सञ्चालकहरू पक्राउ
सरस्वतीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ
आजदेखि देशभर मौसम फेरबदल: वर्षा, हिमपात र असिनाको सम्भावना
सिन्धुलीमा चुनावी रौनक: क्षेत्र नं. २ मा १६ जनाको भिडन्त, बागी र स्वतन्त्रले तताए माहोल
उदयपुर अधेरि खोला मा ट्रक दुर्घटना दुई जना को निधन
काठमाडौं काे नदि किनारा मा २०मिटर जग्गा छोडनु नपरने
काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट गोकुल बास्कोटा टिकट पायन्न

