२०८१ असार १८, मंगलवार

नक्कली भुटानी शरणार्थी प्रकरण मा बादल का छोरा प्रतीक थापा पक्राउ

3 days ago

असार १५गते :नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् । पूर्व गृहमन्त्री एवम् एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकलाई हिजो बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गएको वर्ष सरकारी वकिलको कार्यालय काठमाण्डौले थापालाई फरार सूचीमै राखेर यो अपराधमा संलग्नविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

 

बाबु रामबहादुर थापा गृहमन्त्री भएका बेला विचौलिया र गृह मन्त्रालयकै कर्मचारीसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो । अघिल्लो वर्ष चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार भएका थिए ।

प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै विचौलियाबाट एक करोड रुपैयाँ लिएको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो ।