निर्वाचन आयोग ले राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्ना घोषणापत्र अनिवार्य रूपमा आयोगमा दर्ता गराउन निर्देशन
20 hours ago
फागुन ९गते ✍️ होप अनलाईन मिडिया
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरिएका घोषणापत्र आयोगको केन्द्रीय तथा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउन आग्रह गरेको हो।
आयोगको साप्ताहिक प्रगति विवरण सार्वजनिक गर्दै सहायक प्रवक्ता सीता पुन श्रीसले हालसम्म ४१ वटा राजनीतिक दलले आफ्नो घोषणापत्र पेश गरिसकेको जानकारी दिनुभयो। अन्य दल र उम्मेदवारहरूलाई पनि यथाशीघ्र प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।
निर्वाचन तयारीका सन्दर्भमा आयोगले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका जिल्लाहरूमा मतपत्र तथा आवश्यक सामग्री ढुवानी सम्पन्न भइसकेको जनाएको छ। अन्य प्रदेशहरूमा मतपत्र बाहेकका सामग्री पुगिसकेको र मतपत्र ढुवानीको काम जारी रहेको बताइएको छ।
बदर मत कम गर्न आयोगले फागुन ३ गतेदेखि सबै पालिकाका वडाहरूमा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ। नमूना मतपत्र प्रयोग गरी घरदैलोमै पुगेर मतदान विधिबारे जानकारी दिइँदै आएको छ। साथै, मतदाता सचेतनाका लागि ३ सय ४५ डिजिटल सामग्री तयार पारेर आयोगका आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ।
यसैबीच, हालसम्म ८ सय ६७ जना उम्मेदवारले निर्वाचन खर्च व्यवस्थापनका लागि आयोगले निर्धारण गरेको मापदण्ड अनुसार बैङ्क खाता खोलेको विवरण प्राप्त भएको पनि आयोगले जनाएको छ।
रौतहट जिल्लामा दुई समुदायबीच भएको झडप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी
आज काठमाडौं बिभिन्न ठाउँ बति जाने
पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ
शिवरात्रि मा गुप्तेश्वर महादेव मन्दिर मा भक्तजनहरूको घुइँचो भजन मेला भब्य रूप ले सम्पन्न
पेट्रोल र डिजेलको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू
विमानस्थल क्षेत्रमा जुलुस धर्ना प्रदर्शन गर्न नपाइने
नेपाल इटालीसँग १० विकेटले पराजित
सिसि क्यामरा बन्द गरि तिन हजार लिटर बडि डिजेल लोड गरि खाने :नेपाल अायल निगम पूर्व प्रमुखसहित तीन जना दोषी ठहर
आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

