२०८१ असार २०, बिहिवार

नेपालि क्रिकेट टोलि स्वदेश फर्किय

2 weeks ago

असार ६गते :टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएका छन् । अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गर्नुभएको थियो ।

विश्वकप क्रिकेटमा नेपाल समूह डि मा परेको थियो । नेपालको समूहमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेका थिए । नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो । अमेरिकामा भएको आफनो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै, श्रीलङ्कविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध भएसँगै दुवै टोलीले समान एकर एक अङ्क बाँडेका थिए ।त्यसपछि वेस्टइण्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो ।

नुन को भाउ बड्यो
विजनेस 2 days ago