२०८१ असार २०, बिहिवार

न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वोच्च तानिए

2 years ago

४ साउन, काठमाडौं । न्यायपरिषदले बाँकेका जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई सर्वोच्च अदालतमा तानेको छ । केही गम्भिर उजुरी परेपछि छानविनका क्रममा अधिकारी सर्वोच्च अदालत ताएिका हुन् ।

‘उहाँमाथि केही गम्भिर उजुरीहरु छन्, पटकपटक आर्थिक स्वार्थ र लेनदेनको कारण न्यायसम्पादन प्रभावित पारेको आरोपमा उहामाथि उजुरी परेको हो,’ परिषद स्रोतले भन्यो, ‘यसपालि पनि त्यही आरोपमाथि छानविनको सिलसिलामा झिकाइएको हो ।’

थियो । बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो । २८ असोज २०७८ मा सर्वोच्च अदालतले नै उनीमाथि प्रश्न उठाएको थियो ।

अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर कार्यान्वयन भएको थिएन । न्यायपरिषद स्रोतले भन्यो, ‘उनले पूर्व प्रधानन्यायाधीश दामोदर शर्मालाई प्रयोग गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई प्रभावित पारेर प्रतिवेदन कार्यान्वयन भएन ।’

नुन को भाउ बड्यो
विजनेस 2 days ago