प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता, आज मध्यरातदेखि लागू हुने
2 weeks ago
माघ ४गते :✍️ होप अनलाईन मिडिया
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता, २०८२ आज मध्यरातदेखि लागू हुने भएको छ।
निर्वाचन आयोगको आज बसेको बैठकले आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको हो। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले आचारसंहिता लागू गरिएको हो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले प्रदान गरेको अधिकार प्रयोग गरी आयोगले आवश्यक आचारसंहिता निर्माण गरी कार्यान्वयनमा ल्याएको बताइएको छ।
आचारसंहिता लागू भएसँगै आजै आयोगका पदाधिकारीहरूले मन्त्रिपरिषद्का सदस्य तथा उच्च तहका सरकारी अधिकारीहरूलाई यसबारे औपचारिक जानकारी गराउने कार्यक्रम समेत राखिएको छ।
फेक रेस्क्यू’ (नक्कली उद्धार) र बीमा ठगी धन्दामा संलग्न ६ जना प्रतिष्ठित ट्राभल कम्पनीका सञ्चालकहरू पक्राउ
सरस्वतीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ
आजदेखि देशभर मौसम फेरबदल: वर्षा, हिमपात र असिनाको सम्भावना
सिन्धुलीमा चुनावी रौनक: क्षेत्र नं. २ मा १६ जनाको भिडन्त, बागी र स्वतन्त्रले तताए माहोल
उदयपुर अधेरि खोला मा ट्रक दुर्घटना दुई जना को निधन
धादिङ निर्वाचन क्षेत्र नं. १ बाट रास्वपाको ‘घण्टी’ चिह्न लिएर चुनाव लडदै अाशिका तामाङ
काठमाडौं काे नदि किनारा मा २०मिटर जग्गा छोडनु नपरने
काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट गोकुल बास्कोटा टिकट पायन्न

