२०८१ असार २०, बिहिवार

बन्दीपुरमा दोस्रो अध्यक्ष कप खेलकुद कार्यक्रम सम्पन्न- Hope online Media

3 months ago

वैशाख ४, मंगलवार

तनहुँको बन्दीपुरमा आयोजित दोस्रो अध्यक्ष कप खेलकुद वडास्तरीय फुटबल तथा भलिबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ। यही वैशाख १ गते शनिबारदेखि बन्दीपुरमा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन भएको थियो।प्रतियोगितामा फुटबल तर्फ वडा नम्बर ४ बाट (ए) टिमले प्रथम उपाधि जित्न सफल भएको छ। प्रथम पुरस्कार स्वरूप वडा नम्बर (ए) टिमले नगद रु ६० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

यस्तै वडा नम्बर ६ को (ए) टिम नै द्वितीय भएको छ । द्वितीय हुनेले नगद रु ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै भलिबल तर्फ भएको खेलमा वडा नम्बर ३ को (ए) टिमले प्रथम स्थान हासिल गरेको छ। प्रथम

पुरस्कार स्वरूप नगद रु.६० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।


यस्तै भलिबलतर्फ भएको खेलमा वडा नम्बर २ को (बी) टिमले द्वितीय स्थान हासिल गरेको छ। द्वितीय पुरस्कार स्वरूप टिमले रु ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै प्रतियोगितामा वडा नम्बर ४ को (ए) टिमबाट फुटबलतर्फ अजित थापाले उत्कृष्ट गोलकर्ता उत्कृष्ट खेलाडीमा वडा नम्बर ४ (ए) कै सौगात प्रताप गुरुङ र उत्कृष्ट गोल रक्षकमा वडा नं ४ (ए) बाटै शिवपियाले नगद रु ४/४ हजार सहित मेडल प्राप्त गरेका छन्।

प्रतियोगिताको भलिबलतर्फ उत्कृष्ट लिफ्टरमा वडा नम्बर ३ (ए) बाट सुजन सुनार यस्तै उत्कृष्ट लिब्रोमा वडा नं २ (बी) बाट साजन गुरुङ र उत्कृष्ट स्पाइकर मा वडा नं ३ (ए) बाट उमेश विश्वकर्माले नगद रु ४/४ हजार सहित मेडल प्राप्त गरेका छन प्रतियोगितामा दुवै खेलमा गाउँपालिकाका ६ वटा वडाका दुई/दुई वटा टिम सहित जम्मा १२ वटा टिम सहभागी रहेका थिए।

फुटबल प्रतियोगिता बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित टुडिखेलमा सञ्चालन भएको थियो भने भलिबल प्रतियोगिता बन्दीपुर गाउँपालिका वडा नं २ स्थित भानु माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको खेलकुद विकास समितिका अध्यक्ष रवि श्रेष्ठले बताए

शनिबार राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने द्वारा उद्घाटन भएको दोस्रो अध्यक्ष कप खेलकुद कार्यक्रम सोमबार बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले समापन गरेका थिए। समापन कार्यक्रममा बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य, बन्दीपुर गाउँपालिकाका वडाध्यक्षहरु, विभिन्न शाखाका प्रमुख सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू लगायत दर्शकहरुको को समेत उपस्थिति रहेको थियो।

नुन को भाउ बड्यो
विजनेस 2 days ago