बैशाख ६र ७गते जुका को औषधि र भिटामिन ए खुवाउने
3 months ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/04/IMG_1492-720x400.jpeg)
बैशाख ६गते :आज देशभर बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको हो ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।
विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले करिब ३२ लाखलाई भिटामिन ए र करिब २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जानकारी दिनुभयो ।
“हरेक वडामा स्वास्थ्य स्वयंसेविकाहरूले बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने छन्”, उहाँले भन्नुभयो, “अभिभावकले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ ।”
कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका थापाले जानकारी दिनुभयो । सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ । भिटामिन र जुकाको औषधिले स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।।
असार १८गते मंङगलबार को राशिफल हेर्नुस
मनोरञ्जन 1 day ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/11/FB_IMG_16569527596383283-200x130.jpg)
एसईइ को मौका परिक्षा साउन २३गते देखि ३१गते हुने
समाचार 2 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_1974-200x130.jpeg)
असार १७गते सोम वार को राशिफल हेर्नुस
मनोरञ्जन 2 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2143-200x130.jpeg)
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
विजनेस 2 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2142-200x130.jpeg)
घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
समाचार 2 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_17028302166853974-200x130.jpg)
ललितपुर को लालिगुरास सहकारी का अध्यक्षसहित ४ जना पक्राउ
विजनेस 2 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2137-200x130.jpeg)
आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जित्यो
खेलकुद 3 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2133-200x130.jpeg)
असार १६गते आइतवार को राशिफल हेर्नुस
मनोरञ्जन 3 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/01/inbound4623768261672775143-200x130.jpg)
नक्कली भुटानी शरणार्थी प्रकरण मा बादल का छोरा प्रतीक थापा पक्राउ
समाचार 3 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_15589685041685176-200x130.jpg)
असार १५ र धान दिवस बिभिन्न कार्य क्रम गरि मनाईयाे
समाचार 3 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2131-200x130.jpeg)