भूकम्पमा परी जाजरकोटमा र रुकुम पश्चिममा गरि १२८ जनाको मृत्यु
8 months ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/11/IMG_1819-720x400.jpeg)
शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो।
ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका रहेका छन् । त्यस्तै अहिलेसम्म भूकम्पमा परी कम्तीमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिए ।
घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ ।
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ
रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।
तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् ।
भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा केही ढिलाइ भएको बताउँदै रुकुम पश्चिम प्रहरी प्रमुख भट्टराईले जसोतसो घाइतेहरूको उद्धार कार्य चलिरहेको र सडक खुलाउने प्रयास भइरहेको जानकारी गराए ।
असार १८गते मंङगलबार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/11/FB_IMG_16569527596383283-200x130.jpg)
एसईइ को मौका परिक्षा साउन २३गते देखि ३१गते हुने
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_1974-200x130.jpeg)
असार १७गते सोम वार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2143-200x130.jpeg)
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2142-200x130.jpeg)
घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_17028302166853974-200x130.jpg)
ललितपुर को लालिगुरास सहकारी का अध्यक्षसहित ४ जना पक्राउ
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2137-200x130.jpeg)
आइसिसी टी-२० विश्वकप-२०२४ को उपाधि भारतले जित्यो
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2133-200x130.jpeg)
असार १६गते आइतवार को राशिफल हेर्नुस
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/01/inbound4623768261672775143-200x130.jpg)
नक्कली भुटानी शरणार्थी प्रकरण मा बादल का छोरा प्रतीक थापा पक्राउ
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_15589685041685176-200x130.jpg)
असार १५ र धान दिवस बिभिन्न कार्य क्रम गरि मनाईयाे
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2131-200x130.jpeg)