२०८१ असार १६, आइतवार

माग पुरा नगरे पछि ट्यांकर चालक आम्दोलित बजार मा पेट्रोल को अभाब

2 weeks ago

असार ३गते :इन्धन  बोक्ने  ट्यांकर चालकहरुले आन्दोलन  गरेपछि बजार मा तेल काे समस्या बढेको हो । नेपाल आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरु अति आवश्यक सेवा सुविधा विनानै काम गर्न वाध्य रहेको मजदुरहरुले बताएका छन् । ट्यांकर चालक मजदुरहरुको समस्या समाधान गर्न यस संघले नेपाल आयल निगम केन्द्रीय कार्यालय, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय पटक-पटक ताकेता गर्दा पनि मागको सम्बोधन नभएको भन्दै आन्दोलनको बाटो रोजेका हुन् । चालक र सहचालक हरू लाई सामाजिक सुरक्षा काेष मा आबध्द गर्नु पर्ने जाेखिम भता दिनु पर्ने लगायत बिभिन्न माग राखेका छन ।हिजाे बाट गाडि को चावि साहुलाई बझाई तेल ट्याङकर लाेड अनलाेड केहि पनि नगरि आम्दोलन गरेका छन।

लामो समय अगाडी देखिनै पटक-पटक पत्र सहित अनुरोध गर्दा पनि कुनै सुनुवाई नभएकोले यस मागलाई सम्बोधन नगरिए नेपाल भरका सबै ट्यांकर मजदुरहरु वाध्य भई आफ्नो काम कारवाही छोडेर आन्दोलन गर्न बाध्य बाध्य भएको विज्ञप्तिमा उल्लेख छ हिजो देखि निजि पम्म मा पेट्रोल नभय पछि काठमाडौं को बजार मा पेट्रोल हाकार भयकाे थियाे नेपाल अायल निगमले बार्ता गरेर समस्या को हल गरि ने बतायकाे छ।यस आम्दोलन लाई अखिल नेपाल पेट्रोललियम तथा ग्यास श्रमिक संघ ले  पनि समर्थन   गरेकाे छ ।