२०८२ पुष ९, बुधवार

माछा मार्न गयका युबक मृत फेला

7 days ago

 

पुस ✍️ २गते होप अनलाईन मिडिया

गोरखाको एक खोलामा माछा मार्न गएका युवा मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५, आरुखर्कका ३२ वर्षीय दलबहादुर बरामको शव फेला परेको हो।

सिरानचोक गाउँपालिका वडा नम्बर ७, श्रीनाथकोटको साठीमुरे क्षेत्रमा पर्ने लाङ्दी खोलामा बुधबार दिउँसो साढे २ बजेतिर उनको शव स्थानीयले देखेका थिए। बराम माछा मार्नका लागि घरबाट निस्किएको बताइएको छ।

घटनास्थलको प्रकृति हेर्दा खोलामा पौडी खेल्ने क्रममा वा माछा मार्दा चिप्लिएर डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक आकलन छ। यद्यपि, मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। हाल प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शवलाई परीक्षणका लागि अस्पताल पठाउने तयारी गरिरहेको छ।