रवि लामिछाने र प्रधानमन्त्री विच भेट बार्ता
2 days ago
पुस ७गते ✍️ होप अनलाईन मिडिया
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने करिब नौ महिनापछि सक्रिय राजनीतिक भूमिकामा फर्किएसँगै सरकारसँग प्रत्यक्ष संवादमा जुटेका छन् । आइतबार साँझ उपसभापति तथा नेताहरूको टोलीसहित प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका उनले आगामी निर्वाचन तोकिएकै समयमा हुने सुनिश्चितता खोजेका हुन् ।
छलफलका क्रममा लामिछानेले निर्वाचन प्रक्रिया, सुरक्षा तयारी र सरकारको कार्ययोजनाबारे विस्तृत चासो व्यक्त गरे । उनले पार्टी चुनावी तयारीको अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै कुनै पनि बहानामा चुनाव पछि नधकेलिनुपर्ने स्पष्ट सन्देश दिएका थिए ।
प्रधानमन्त्री कार्कीले भने सरकारको प्राथमिकता समयमै निर्वाचन सम्पन्न गर्नु नै भएको बताइन् । अस्थिरता र हिंसाको पुनरावृत्ति हुन नदिन लोकतान्त्रिक प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार दृढ रहेको उनको भनाइ थियो ।
भेटमा जेन–जी आन्दोलनसँग सम्बन्धित विषय पनि उठाइएको थियो । आन्दोलनका क्रममा घाइते भएकाहरूको अवस्था, सरकारसँग भएको सहमतिका बुँदाहरू कार्यान्वयनको प्रगति तथा युवा सहभागितासँग जोडिएका मुद्दामा छलफल भएको रास्वपा नेताहरूले बताएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले केही स्वार्थ समूहले चुनाव अवरुद्ध गर्न खोजे पनि सरकार त्यसप्रति सचेत रहेको बताए । यता, सञ्चारमन्त्रीले स्वतन्त्र, निष्पक्ष र सुरक्षित वातावरणमा तोकिएको मितिमै चुनाव गराउन सबै संयन्त्र परिचालन भइसकेको जानकारी दिएका छन् ।
सरकार र रास्वपाबीचको यो संवाद चुनावी वातावरणलाई थप स्पष्ट र भरोसायोग्य बनाउने दिशामा केन्द्रित देखिएको छ ।
आज पुस ७गते सोम वार को राशिफल
अघिलाे चुनाव भन्दा बढि म्यादि प्रहरी भर्ना गर्ने तयारि
आज पुस ६गते आइतवार को राशिफल
नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौं मा एकता सन्देश सभा गर्दे
आज पुस ५गते शनिवार को राशिफल
अमेरिकाले डिभी कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा
पुस ३गते विहिवार को राशिफल
पोखरा मा पुस १३गते देखि १७गते सम्म पोखरा सडक महोत्सव हुदै
माछा मार्न गयका युबक मृत फेला
एक जोडि हाति कतार सरकार लाई उपहार आज कतार पठाईयाे

