राजधानी मा लुटपाट र चोरि गर्ने सिन्धुलि र काभ्रे का १० जना प्रहरी द्वारा पक्राउ
5 days ago
माघ १५गते :✍️ होप अनलाईन मिडिया
राजधानीका विभिन्न स्थानमा रातको समयमा सर्वसाधारणलाई त्रसित बनाई लुटपाट गर्ने १० जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहलाई सार्वजनिक गरेको हो।
यसरी हुन्थ्यो लुटपाट
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार यो समूहले विशेष गरी रातको १२ बजेदेखि बिहान ४ बजेसम्म सडकमा हिँड्ने व्यक्तिहरूलाई लक्षित गरी लुटपाट गर्ने गरेको थियो। ‘जेन-जी’ आन्दोलनपछिको समयलाई छोपेर उनीहरूले आफ्नो आपराधिक गतिविधि बढाएका थिए।
हिरासतबाट भागेका नाइकेको नेतृत्व
लुटपाट गिरोहको मुख्य योजनाकार विनय तामाङ रहेको खुलेको छ। तामाङ यसअघि पनि चोरीकै आरोपमा महाराजगञ्ज प्रहरीको हिरासतमा रहेका थिए, जहाँबाट उनी गत भदौ २४ गते फरार भएका थिए। हिरासतबाट भागेपछि उनले नयाँ समूह बनाएर काठमाडौंका विभिन्न ठाउँमा लुटपाट सुरु गरेको अनुसन्धानले देखाएको छ।
प्रहरी अपरेसन र दोहोरो झडप
बुधबार साँझदेखि बिहीबार बिहानसम्म सञ्चालन गरिएको ‘सर्च अपरेसन’का क्रममा प्रहरी र अपराधीबीच झडप समेत भएको थियो। सो क्रममा प्रहरी र गिरोहका नाइके तामाङ घाइते भएका छन्।
कहाँ-कहाँ भए लुटपाट?
प्रहरीका अनुसार यो समूहले काठमाडौंका विभिन्न क्षेत्रमा २७ वटा लुटपाट गरिसकेको छ, जसमध्ये:
• ठिमी क्षेत्र: १३ वटा
• स्वयम्भू: ७ वटा
• महाराजगञ्ज र बुढानीलकण्ठ: ३ वटा
• बौद्ध र गौशाला: ३ वटा
बरामद सामान र पक्राउ परेकाहरू
प्रहरीले उनीहरूको साथबाट ३ वटा मोटरसाइकल, एउटा ट्याक्सी, सुनका गरगहना र नगद बरामद गरेको छ। पक्राउ पर्नेहरूमा विनय तामाङ, आयन माझी, मनिष रसाईली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन्। उनीहरूमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
फेक रेस्क्यू’ (नक्कली उद्धार) र बीमा ठगी धन्दामा संलग्न ६ जना प्रतिष्ठित ट्राभल कम्पनीका सञ्चालकहरू पक्राउ
सरस्वतीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ
आजदेखि देशभर मौसम फेरबदल: वर्षा, हिमपात र असिनाको सम्भावना
सिन्धुलीमा चुनावी रौनक: क्षेत्र नं. २ मा १६ जनाको भिडन्त, बागी र स्वतन्त्रले तताए माहोल
उदयपुर अधेरि खोला मा ट्रक दुर्घटना दुई जना को निधन
धादिङ निर्वाचन क्षेत्र नं. १ बाट रास्वपाको ‘घण्टी’ चिह्न लिएर चुनाव लडदै अाशिका तामाङ
काठमाडौं काे नदि किनारा मा २०मिटर जग्गा छोडनु नपरने
काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट गोकुल बास्कोटा टिकट पायन्न

