रौतहट जिल्लामा दुई समुदायबीच भएको झडप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी
5 hours ago
फागुन ९गते ✍️ होप अनलाईन मिडिया
रौतहट जिल्लामा दुई समुदायबीच भएको झडप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
शुक्रबार दुवै पक्षबीच ६ बुँदे सहमति भएको जनाइए पनि अवस्था पुनः तनावग्रस्त बन्दै गएपछि प्रशासनले थप सुरक्षा सतर्कता अपनाएको हो। जिल्ला प्रशासन कार्यालयले सदरमुकाम गौरका संवेदनशील क्षेत्रहरूमा कर्फ्यु लागू गरिएको जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको आदेश तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शनिबारदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु कायम रहनेछ।
कर्फ्यु क्षेत्रको सीमा
प्रशासनले निर्धारण गरेको क्षेत्र यस प्रकार छः
- पूर्व: मुडवलवा गेट
- पश्चिम: लालबकैया खोला
- उत्तर: जमुना नहर
- दक्षिण: गौर भन्सार कार्यालय
उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकत्रित हुन, सभा–जुलुस गर्न, प्रदर्शन गर्न तथा आवतजावतमा अवरोध पुर्याउने गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार आदेश जारी गरिएको स्पष्ट पारेको छ। आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अफवाहमा नलाग्न, संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। साथै शान्ति–सुरक्षा कायम गर्न सबै पक्षसँग सहयोगको अपेक्षा गरिएको छ।
निर्वाचन आयोग ले राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्ना घोषणापत्र अनिवार्य रूपमा आयोगमा दर्ता गराउन निर्देशन
आज काठमाडौं बिभिन्न ठाउँ बति जाने
पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ
शिवरात्रि मा गुप्तेश्वर महादेव मन्दिर मा भक्तजनहरूको घुइँचो भजन मेला भब्य रूप ले सम्पन्न
पेट्रोल र डिजेलको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू
विमानस्थल क्षेत्रमा जुलुस धर्ना प्रदर्शन गर्न नपाइने
नेपाल इटालीसँग १० विकेटले पराजित
सिसि क्यामरा बन्द गरि तिन हजार लिटर बडि डिजेल लोड गरि खाने :नेपाल अायल निगम पूर्व प्रमुखसहित तीन जना दोषी ठहर
आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

