२०८२ मंसिर १, सोमवार

वडाध्यक्ष यादव को गोलि हानि ह्त्या

3 days ago

 

कातिक २८गते ✍️ होप अनलाईन मिडिया 

धनुषा जिल्ला मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष ४८ वर्षे बिन्देश्वर यादवको शुक्रबार गोली प्रहारबाट मृत्यु भएको छ। गाउँमा भएको भोजभतेर सम्बन्धी विवाद समाधान गर्न पुगेका उनलाई स्थानीय शम्भु यादवले गोली हानेका थिए।

शम्भु नेपाल प्रहरीमा कार्यरत रहेको स्थानीयले बताएका छन्। दुवै पक्षबीच तनाब बढेपछि शम्भुले वडाध्यक्ष यादवको छातीमा गोली प्रहार गरेको बताइएको छ। घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएको छ।

स्वतन्त्र उम्मेदवारबाट विजयी भएका यादव पछि नेकपा एमालेमा प्रवेश गरेका थिए। घटनामा उनका दाजु रामवरण यादव र राजकिशोर यादवसमेत धारिलो हतियार प्रहारबाट घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ।

वडाध्यक्ष यादवको शव हाल प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।