२०८१ असार १८, मंगलवार

विश्वकपको तेस्रो खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकाले नेपाललाई एक रनले पराजित गर्यो

3 weeks ago

असार १गते :आइसिसी टी-२० विश्वकपको तेस्रो खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकाले नेपाललाई एक रनले पराजित गरेको छ । वेष्ट इन्डिजको किङ्स टाउवनमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रत्युत्तरमा नेपालले पूरा ओभर खेल्दा ७ विकेट गुमाउँदै ११४ रन बनायो । अन्तिम ओभरमा आठ रन चाहिएको अवस्थामा नेपालले सात रन मात्रै बनाएको थियो ।

समूह ‘डी’ मा चार खेलबाट दक्षिण अफ्रिकाले ८ अंक जोडेको छ । यो खेलसँगै नेपालले तीन खेलबाट मात्र एक रन जोड्दै बाहिरिएको छ । बंगलादेशको तीन खेलबाट ४ अंक छ । नेदरल्यान्डको दुई तथा श्रीलंकाको एक अंक छ ।