सामाजिक सुरक्षा कोषमा झण्डै एक खर्ब नजिक योगदान रकम
1 month ago
मंसिर ८गते ✍️ होप अनलाईन मिडिया
सरकारले आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक सुरक्षा कोष (Social Security Fund – SSF) को योगदान रकम रु एक खर्ब नजिक पुगेको छ। कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख नाघेको छ।
कोषमा हालसम्म २२ हजार तीन सय नौ रोजगारदाता र २६ लाख ४१ हजारभन्दा बढी योगदानकर्ता सूचीकृत भएका छन्। कोषले योगदानकर्तालाई विभिन्न सुरक्षा योजनाअन्तर्गत सुविधा प्रदान गर्दै आएको छ। हालसम्म कोषबाट रु १७ अर्ब ६४ करोडभन्दा बढी रकम दाबी भुक्तानी भइसकेको छ।
भुक्तानी भएका दाबीमध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबीमा रु २ अर्ब ५१ करोड, दुर्घटना तथा अशक्तता दावीमा रु २२ करोड ८६ लाख, आश्रित परिवार सुरक्षा दाबीमा रु २९ करोडभन्दा बढी र अवकाश दाबीमा रु १४ अर्ब ६१ करोडभन्दा बढी रकम समावेश छ।
सरकारले हालै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य सहभागी हुनैपर्ने व्यवस्था गरेपछि यसको प्रभावकारिता अझ बढेको छ। स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान र विभिन्न संस्थाका कामदार पनि कोषमा सहभागी हुन सक्छन्।
कोषमा नियमित योगदान गर्नेले औषधोपचार, पेन्सन, दुर्घटना, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना जस्ता सुविधाहरू प्राप्त गर्छन्। योगदान रकम बढ्दै जाँदा कोषको रकमलाई थप प्रभावकारी ढंगले लगानी गर्ने नयाँ स्रोतहरूको खोजी गर्नु आजको आवश्यकता बनेको छ।
आज पुस ७गते सोम वार को राशिफल
रवि लामिछाने र प्रधानमन्त्री विच भेट बार्ता
अघिलाे चुनाव भन्दा बढि म्यादि प्रहरी भर्ना गर्ने तयारि
आज पुस ६गते आइतवार को राशिफल
नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौं मा एकता सन्देश सभा गर्दे
आज पुस ५गते शनिवार को राशिफल
अमेरिकाले डिभी कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा
पुस ३गते विहिवार को राशिफल
पोखरा मा पुस १३गते देखि १७गते सम्म पोखरा सडक महोत्सव हुदै
माछा मार्न गयका युबक मृत फेला

