सामाजिक सुरक्षा कोषमा झण्डै एक खर्ब नजिक योगदान रकम
2 months ago
मंसिर ८गते ✍️ होप अनलाईन मिडिया
सरकारले आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक सुरक्षा कोष (Social Security Fund – SSF) को योगदान रकम रु एक खर्ब नजिक पुगेको छ। कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख नाघेको छ।
कोषमा हालसम्म २२ हजार तीन सय नौ रोजगारदाता र २६ लाख ४१ हजारभन्दा बढी योगदानकर्ता सूचीकृत भएका छन्। कोषले योगदानकर्तालाई विभिन्न सुरक्षा योजनाअन्तर्गत सुविधा प्रदान गर्दै आएको छ। हालसम्म कोषबाट रु १७ अर्ब ६४ करोडभन्दा बढी रकम दाबी भुक्तानी भइसकेको छ।
भुक्तानी भएका दाबीमध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबीमा रु २ अर्ब ५१ करोड, दुर्घटना तथा अशक्तता दावीमा रु २२ करोड ८६ लाख, आश्रित परिवार सुरक्षा दाबीमा रु २९ करोडभन्दा बढी र अवकाश दाबीमा रु १४ अर्ब ६१ करोडभन्दा बढी रकम समावेश छ।
सरकारले हालै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य सहभागी हुनैपर्ने व्यवस्था गरेपछि यसको प्रभावकारिता अझ बढेको छ। स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान र विभिन्न संस्थाका कामदार पनि कोषमा सहभागी हुन सक्छन्।
कोषमा नियमित योगदान गर्नेले औषधोपचार, पेन्सन, दुर्घटना, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना जस्ता सुविधाहरू प्राप्त गर्छन्। योगदान रकम बढ्दै जाँदा कोषको रकमलाई थप प्रभावकारी ढंगले लगानी गर्ने नयाँ स्रोतहरूको खोजी गर्नु आजको आवश्यकता बनेको छ।
फेक रेस्क्यू’ (नक्कली उद्धार) र बीमा ठगी धन्दामा संलग्न ६ जना प्रतिष्ठित ट्राभल कम्पनीका सञ्चालकहरू पक्राउ
सरस्वतीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ
आजदेखि देशभर मौसम फेरबदल: वर्षा, हिमपात र असिनाको सम्भावना
सिन्धुलीमा चुनावी रौनक: क्षेत्र नं. २ मा १६ जनाको भिडन्त, बागी र स्वतन्त्रले तताए माहोल
उदयपुर अधेरि खोला मा ट्रक दुर्घटना दुई जना को निधन
धादिङ निर्वाचन क्षेत्र नं. १ बाट रास्वपाको ‘घण्टी’ चिह्न लिएर चुनाव लडदै अाशिका तामाङ
काठमाडौं काे नदि किनारा मा २०मिटर जग्गा छोडनु नपरने
काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट गोकुल बास्कोटा टिकट पायन्न

