२०८१ असार १८, मंगलवार

‘साहित्यिक, सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने बुढानीलकण्ठमा पहिलो पटक…..

5 months ago

बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव २०८०’ को आयोजना हुने भएको छ।

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा यहि फाल्गुन ११ र १२ गते गरी दुई दिने महोत्सव हुने भएको हो ।

आज नगरपालिका सभाहलमा आयोजित एक कार्यक्रम मार्फत उपप्रमुख अनिता लामाद्वारा महोत्सव आयोजनाबारे घोषणा गर्नुभएको हो । यस महोत्सवको संयोजन समेत उपप्रमुख लामाले गर्दै हुनुहुन्छ ।

आज महोत्सवका बारेमा जानकारी तथा घोषणा गरिएसँगै महोत्सवको मुख्य ब्यानर उद्घाटन भएको थियो ।

उक्त कार्यक्रममा महोत्सवका लागि गठन गरिएको महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु त्रिपाठीले फाल्गुन ११ र १२ गते गरि दुई दिन आयोजना हुने कार्यक्रमको पूर्ण प्रस्तावित कार्यक्रम तालिकाको प्रस्तुतिकरण गर्नुभएको थियो ।

पहिलो दिन फाल्गुन ११ गते शुक्रबारको दिन बु.न.पा. १३ स्थित चुनिखेलमा आयोजना हुँदैछ भने दोस्रो दिन क्रमशः बु.न.पा. ३ स्थित विश्व प्रसिद्ध तीर्थस्थल बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सवको आयोजना हुनेछ ।

महोत्सवको प्रस्तावित ढाँचा अनुरुप राष्ट्रिय कलाकारहरु, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न नगरपालिकाका प्रमुखहरुकाबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै छलफल, बहस तथा अन्तरक्रियाको कार्यक्रमहरु महोत्सवमा समेटिएका छन् ।