सिन्धुलि को मरिण मा नेपालि कामदार र चिनियाँ कामदार विच झडप हुदा ७जना घाइते
1 day ago
फागुन ११गते ✍️ होप अनलाईन मिडिया
सिन्धुली जिल्लाको मरिण गाउँपालिका–४ सहानस्थित हिमालयन फुड कम्पनीमा कार्यरत नेपाली र चिनियाँ कामदारबीच विवाद हुँदा सात जना घाइते भएका छन्।
प्रहरीका अनुसार झडपमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार घाइते भएका हुन्। घाइते नेपालीमध्ये नवराज बम्जनको दायाँ आँखा र खुट्टामा चोट लागेको छ भने गोर्कण कटुवालको टाउकोमा चोट पुगेको छ। चिनियाँ कामदारहरूलाई कान, टाउको, हात, छाती र मुखमा सामान्यदेखि मध्यम चोट लागेको बताइएको छ।
सबै घाइतेको उपचार मरिण प्राथमिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुली का अनुसार एक नेपाली कामदारलाई कामबाट हटाइएको विषयलाई लिएर विवाद चर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ।
घटनापछि स्थानीय प्रशासनले उद्योग परिसरमा सुरक्षा सतर्कता बढाएको जनाएको छ।
त्रिशुलि मा रात्रि बस खस्दा १८जना को मृत्यु २४जना घाइते
तारकेश्वर नगरपालिका–१० मनमैंजु क्षेत्रमा एक घरभित्र पसेको चितुवालाई सकुशल नियन्त्रणमा लिईयाे
रौतहट जिल्लामा दुई समुदायबीच भएको झडप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी
निर्वाचन आयोग ले राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्ना घोषणापत्र अनिवार्य रूपमा आयोगमा दर्ता गराउन निर्देशन
आज काठमाडौं बिभिन्न ठाउँ बति जाने
पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ
शिवरात्रि मा गुप्तेश्वर महादेव मन्दिर मा भक्तजनहरूको घुइँचो भजन मेला भब्य रूप ले सम्पन्न
पेट्रोल र डिजेलको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू
विमानस्थल क्षेत्रमा जुलुस धर्ना प्रदर्शन गर्न नपाइने

