२०८१ असार २०, बिहिवार

सिन्धुलि मा लेदो खस्दा ट्रक पुरियाे

2 weeks ago

असार ५गते :मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाँउपालिका-१ कालिआप भन्ने स्थानमा माथिबाट झरेको लेदोले एउटा ट्रक पुरिएको छ । लगातारको बर्षाले खुर्कोट घुर्मि सडक खण्डका ठाँउठाँउमा पहिरो झर्नुका साथै कालिआपमा एउटा ट्रक पुरिएको स्थानिय गौरब कार्कीले जानकारी दिनुभयो ।

आज बिहान एक्कासि लेदोसहितको पहिरो खस्दा प्रदेश २-०३-००१ ख- ७१४४ नम्बरको ट्रक पुरिएको हो । ट्रकचालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल रहेका छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

नुन को भाउ बड्यो
विजनेस 2 days ago