२०८३ वैशाख २९, मंगलवार

एसइई को नतिजा सार्वजनिक यसरि हेर्नुस

20 hours ago

 

बैशाख २८गते ✍️ होप अनलाईन मिडिया

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजा सोमबार सार्वजनिक गरिएको हो। चैत २९ गते सम्पन्न भएको परीक्षाको नतिजा एक महिनाभित्र प्रकाशन गर्ने सरकारी प्रतिबद्धताअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको जनाएको छ।

बोर्डका अनुसार नतिजाको विस्तृत विवरण क्रमशः उपलब्ध गराइनेछ भने विद्यार्थीहरूले राति ९ बजेपछि आफ्नो नतिजा हेर्न सक्नेछन्।

विद्यार्थीहरूले एसएमएस, आइभीआर तथा विभिन्न आधिकारिक वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ। नेपाल टेलिकमको १६०० नम्बरमार्फत एसएमएस, युएसएसडी तथा आइभीआर सेवा प्रयोग गर्न सकिनेछ। त्यसैगरी अन्य निजी सेवा प्रदायक कम्पनीहरूले पनि एसएमएस सेवा उपलब्ध गराएका छन्।

वेबसाइटमार्फत नतिजा हेर्न चाहने विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, नेपाल टेलिकम, इडुसञ्जाल, खल्ती, एनसेल लगायतका आधिकारिक प्लेटफर्म प्रयोग गर्न सक्नेछन्।

बोर्डले विद्यार्थीहरूलाई आफ्नो सिम्बोल नम्बर प्रयोग गरी सुरक्षित तथा आधिकारिक माध्यमबाट नतिजा र मार्कसिट हेर्न अनुरोध गरेको छ।

आज मगलवार को राशिफल
मनोरञ्जन 2 weeks ago