श्रीमती हत्या गर्ने भारती एक पुरूष पक्राउ
3 years ago
साउन ११गते :जिल्ला प्रहरी कार्यालय बाराले आफ्नै श्रीमतीको हत्या गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले भारत पूर्वी चम्पारण ढाका थाना रुपैलिया निवासी ३१ वर्षिय मोहमद अमानुल्लाह मियाँलाई हत्याको आरोपमा पक्राउ गरी आज सार्बजनिक गरेको हो ।
एक दिनअघि बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ६ बजार टोलस्थित ससुरालीघर आएका मियाँले श्रीमती २२ बर्षिय आसमिन खातुनको हत्या गरेका थिए । उनले घरायसी बिबाद हुदा मासु काट्ने हतियारले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भएको छ ।
घटनाको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगगढबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थलबाट भाग्दै गरेका मियाँलाई पक्राउ गरेको थियो ।
प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हतियार समेत बरामद गरेको छ । एक छोरा र दुई छोरी रहेका मियाँले यसअघि पनि पटकपटक श्रीमतीमाथि आक्रमण गर्ने गरेको प्रहरी उपरिक्षक बोगटीले बताउनु भएको छ ।
पक्राउ परेका मियाँमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।
महोत्तरी को जिल्ला वन को गाडि आगजनि विपि राज मार्ग अवरुद्ध
सुन कोसि मा डुबेर दुई बालक को ज्यान गयो
सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय
शंखमुल फिडर क्षेत्रमा आज केही समय विद्युत् सेवा अवरुद्ध हुने
पोखरा महानगरपालिकाले फिर्केखोला र पृथ्वीचोक बसपार्क क्षेत्रको अतिक्रमित जग्गा खाली गराउने
सिन्धुलि को भिमान बाट लागूऔषधसहित दुई जना पक्राउ
पश्चिमी वायुको प्रभाव : केही प्रदेशमा वर्षा र चट्याङको सम्भावना
दुर्गा प्रसाइ बिरगन्ज वाट पक्राउ
मापदण्डविपरीत सञ्चालनमा रहेका राजधानी का ६९ कन्सल्टेन्सी कारवाहि मा
केन्द्रीय कारागारबाट फरार भएकी तामाङ असन बाट पक्राउ