२०८२ पुष ९, बुधवार

आज पुस ६गते आइतवार को राशिफल

3 days ago

♈ मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आज सरकारी तथा प्रशासनिक काम अपेक्षित रूपमा अघि नबढ्न सक्छन्। जिम्मेवारीमा रहेका व्यक्तिले ढिलासुस्ती गर्दा केही अवसर गुम्न सक्ने योग छ। पारिवारिक सहयोग कमजोर हुँदा योजना स्थगित हुन सक्छन्। घरायसी जिम्मेवारीले बाहिरी गतिविधिमा सहभागी हुन समय नपाइएला। तर अनुसन्धान, अध्ययन तथा विश्लेषणमा समय दिए सकारात्मक उपलब्धि प्राप्त हुनेछ। आर्थिक पक्षमा भने केही लाभ मिल्ने संकेत देखिन्छ।

♉ वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

धेरै मिहिनेत गरे पनि नतिजा आंशिक मात्र हुन सक्छ। पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो हुनेछ। व्यापार व्यवसायमा सुस्तता आउँदा आम्दानी घट्न सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोला, खर्च बढ्ने सम्भावना छ। आफन्त तथा दिदीबहिनीसँग मतभेद देखिन सक्छ। आलोचना र विवादका बाबजुद जिम्मेवारी पूरा गर्नुपर्ने दिन हो।

♊ मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

प्रेम सम्बन्ध प्रगाढ बन्नेछ र रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ। आकर्षक वस्तु तथा सुविधाको प्रयोगले अरूको ध्यान खिच्न सक्नुहुन्छ। पारिवारिक जमघट र स्वादिष्ट भोजनको योग छ। एकल वा साझेदारी व्यवसायबाट राम्रो आम्दानी हुनेछ। बैंकिङ, वित्तीय क्षेत्र तथा शेयर बजारमा गरेको लगानी फाइदाजनक बन्न सक्छ। अध्ययनमा सफलता मिल्नेछ।

♋ कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

आत्मविश्वास र साहसका साथ अघि बढ्दा काम सफल हुनेछन्। पढाइमा प्रगति देखिनेछ। पुराना ऋण तिर्ने अवसर मिल्न सक्छ र स्वास्थ्यमा सुधार आउनेछ। मावली पक्षसँगको सम्बन्ध सुदृढ हुनेछ। दीर्घकालीन आम्दानी दिने कामको थालनी गर्न सक्नुहुन्छ। प्रेम सम्बन्ध बलियो बन्नेछ। लगानीबाट लाभ मिल्ने संकेत छ।

♌ सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

समयको तालमेल नमिल्दा केही पछि परिने अवस्था आउन सक्छ। पढाइमा मन नजाँदा अवसर अरूले पाउन सक्छन्। प्रेम सम्बन्धमा शंका वा दूरी देखिन सक्छ। व्यापारमा अपेक्षित लाभका लागि बढी परिश्रम गर्नुपर्नेछ। अनुभवी व्यक्तिको सुझाव उपयोगी हुनेछ। वित्तीय बजारबाट भने सीमित फाइदा लिन सकिन्छ।

♍ कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोला। टाढाको यात्राका कारण मन अलि खिन्न हुन सक्छ। प्रेम सम्बन्धमा सानो मनमुटाब सम्भव छ। काम वा अध्ययनका लागि यात्रा गर्नुपर्ने संकेत छ। जग्गा, घर तथा कृषि सम्बन्धी कामबाट केही लाभ मिल्नेछ। पशुपालन तथा कृषि व्यवसायमा सुधार ल्याउँदा राम्रो नाफा सम्भव छ।

♎ तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

शुभ तथा सामाजिक कार्यक्रममा सहभागी भइनेछ। छोटो दूरीको यात्रा फलदायी हुनेछ। खेलकुद वा सिर्जनात्मक गतिविधिमा संलग्न भएकाहरूले सफलता पाउनेछन्। उद्योग, व्यापार र शेयर बजारमा लगानीबाट राम्रो आम्दानी सम्भव छ। प्रेम तथा दाम्पत्य जीवन सुखद रहनेछ।

♏ वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

शुभेच्छुकको सुझाव बेवास्ता गर्दा समस्या आउन सक्छ। वाचा पूरा गर्न नसक्दा विश्वासमा कमी देखिन सक्छ। प्रेम सम्बन्धमा तनाव आउन सक्छ। खानपानमा लापरवाही गर्दा स्वास्थ्यमा असर पर्न सक्छ। व्यापार तथा शेयर बजारमा नयाँ लगानी उपयुक्त समय होइन। तर संगीत तथा कला क्षेत्रमा भने सकारात्मक अवसर देखिन्छ।

♐ धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

मनोरञ्जन तथा सिर्जनात्मक क्षेत्रमा समय बित्नेछ। संगीत, अभिनय वा मोडलिङमा रुचि बढ्नेछ। पढाइमा ध्यान जाँदा राम्रो नतिजा प्राप्त हुनेछ। व्यवसायबाट उल्लेख्य आम्दानी हुनेछ। राजनीति वा समाजसेवामा संलग्न भएकाहरूले पद वा मान्यता पाउन सक्छन्। दाम्पत्य तथा प्रेम सम्बन्ध सुदृढ बन्नेछ।

♑ मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

कानुनी नियमको पालना नगर्दा समस्या आउन सक्छ, सतर्क रहनुहोला। प्रेम सम्बन्धमा दूरी बढ्न सक्छ। यात्रामा खर्च बढ्ने सम्भावना छ। तर वैदेशिक यात्रा तथा विदेशसँग सम्बन्धित लाभ मिल्ने योग छ। विदेशमा अध्ययन वा काम गर्नेहरू सन्तुष्ट रहनेछन्। शेयर बजार तथा अनलाइन व्यापारबाट फाइदा लिन सकिन्छ।

♒ कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

कामको सिलसिलामा महत्वपूर्ण व्यक्तिसँग भेटघाट हुनेछ। परिवार तथा साथीभाइको सहयोगले मन प्रसन्न रहनेछ। प्राकृतिक स्रोत तथा प्रविधिको प्रयोगबाट आम्दानी बढाउन सकिन्छ। अनलाइन व्यापार, उद्योग तथा शेयर बजारमा लगानी फाइदाजनक हुनेछ। प्रेम सम्बन्धमा रमाइलो समय बित्नेछ।

♓ मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

सामाजिक काममा संलग्न हुने अवसर मिल्नेछ। मान–सम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ। प्रेममा नजिकिने समय छ। खाद्यान्न, निर्माण सामग्री तथा अटो पार्ट्सको व्यापारमा प्रगति देखिनेछ। पुराना समस्या समाधान हुँदै जानेछन्। परिवारसँग मिठो भोजन र सुखद समय बित्ने योग छ।