२०८२ फागुन ८, शुक्रवार

शिवरात्रि मा गुप्तेश्वर महादेव मन्दिर मा भक्तजनहरूको घुइँचो भजन मेला भब्य रूप ले सम्पन्न

5 days ago

 

फागुन ३गते ✍️ होप अनलाईन मिडिया (नवराज प्रसाई )

तार्केश्वर  नगरपालिका–५  मा अवस्थित श्री गुप्तेश्वर महादेव मन्दिर परिसरमा आज महाशिवरात्रिको अवसरमा विशेष पूजा–आराधना तथा भजन मेला भव्य रूपमा सम्पन्न भएको छ।

बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको मन्दिर परिसरमा भगवान शिवको पूजा, अभिषेक, दीप प्रज्वलन तथा आरती गरिएको थियो। साँझपख आयोजित भजन–कीर्तन कार्यक्रममा स्थानीय कलाकार तथा भक्तजनहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

मन्दिर परिसरलाई झिलिमिली बत्ती, ध्वजा–पताका र फूलमालाले सजाइएको थियो भने भक्तजनहरूले शिवलिङ्गमा दूध, बेलपत्र र धतुरो अर्पण गरी पूजाअर्चना गरेका थिए।

मन्दिर र व्यवस्थापन समिति

मन्दिरको प्रवेशद्वारमा राखिएको शिलालेखअनुसार “श्री गुप्तेश्वर पार्क निर्माण समिति” द्वारा स्थापना तथा व्यवस्थापन गरिएको यस धार्मिक स्थल स्थानीय समुदायको आस्थाको केन्द्रका रूपमा रहेको छ।

समितिमा अध्यक्ष श्री डिलाराम सापकोटा समाज सेवि ईछा राम कार्कि  लगायत विभिन्न पदाधिकारी तथा सदस्यहरू सक्रिय रूपमा संलग्न छन्। उनीहरूको पहलमा मन्दिर परिसरको संरक्षण, सरसफाइ, धार्मिक कार्यक्रम तथा पर्व–उत्सवहरू नियमित रूपमा आयोजना हुँदै आएका छन्।