पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ
3 days ago
फागुन ५गते ✍️ होप अनलाईन मिडिया
काठमाडौँमा एक कार चालकले सडकमा हिँडिरहेका पैदलयात्रुमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहानदेखि विभिन्न प्लेटफर्ममा भिडियो सार्वजनिक भएसँगै सर्वसाधारणबाट व्यापक आलोचना भएपछि प्रहरी सक्रिय खोजीमा जुटेको थियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक **नवराज अधिकारी**का अनुसार उक्त घटनामा संलग्न व्यक्ति बैतडी स्थायी घर भई हाल बालुवाटार बसोबास गर्दै आएका ४२ वर्षीय पारस बम हुन्।
प्रहरीका अनुसार उनी पेशाले इन्जिनियर रहेका छन्। घटनामा संलग्न भएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ।
सार्वजनिक भएको भिडियोमा चक्रपथ क्षेत्रमा सवारी रोकिएको अवस्थामा ती व्यक्ति कारबाट झरेर सडकमा हिँडिरहेका एक पैदलयात्रुलाई हातपात गरेको दृश्य देखिन्छ।
घटनाले सामाजिक सञ्जालमा आक्रोश पैदा गरेको छ भने सार्वजनिक स्थानमा हुने यस्ता हिंसात्मक गतिविधिमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग उठिरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
शिवरात्रि मा गुप्तेश्वर महादेव मन्दिर मा भक्तजनहरूको घुइँचो भजन मेला भब्य रूप ले सम्पन्न
पेट्रोल र डिजेलको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू
विमानस्थल क्षेत्रमा जुलुस धर्ना प्रदर्शन गर्न नपाइने
नेपाल इटालीसँग १० विकेटले पराजित
सिसि क्यामरा बन्द गरि तिन हजार लिटर बडि डिजेल लोड गरि खाने :नेपाल अायल निगम पूर्व प्रमुखसहित तीन जना दोषी ठहर
आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै
विद्यार्थी आन्दोलनपछि पहिलो पटक बंगलादेशमा बिहीबार एकैसाथ जनमत संग्रह र संसदीय निर्वाचन
हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठक इन्टरपोलको सहयोगमा नेपाल ल्याइए
⸻ रामेछापमा बस दुर्घटनापछिको आन्दोलन चर्कियो, प्रशासन कार्यालय घेराउ

