तारकेश्वर नगरपालिका–१० मनमैंजु क्षेत्रमा एक घरभित्र पसेको चितुवालाई सकुशल नियन्त्रणमा लिईयाे
8 hours ago
फागुन १०गते ✍️ होप अनलाईन मिडिया
काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैंजु क्षेत्रमा एक घरभित्र पसेको चितुवालाई सकुशल नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार मनमैंजु मन्दिर नजिक रहेको स्थानीय अनोजमणि अधिकारीको घरमा चितुवा प्रवेश गरेको थियो। चितुवाले घरभित्र छिर्नासाथ स्थानीय दुलाल महर्जन र मायानाथ वाग्लेमाथि आक्रमण गर्दा उनीहरू घाइते भएका छन्।
घटनापछि काठमाडौं डिभिजन वन कार्यालयको टोली घटनास्थलमा पुगेर ‘डार्ट’ प्रयोग गरी चितुवालाई नियन्त्रणमा लिएको हो। घाइते दुवै जनालाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
वन तथा सुरक्षा निकायले बस्ती आसपास जंगली जनावर देखिए सतर्क रहन र सम्बन्धित निकायलाई तुरुन्त खबर गर्न आग्रह गरेका छन्।
रौतहट जिल्लामा दुई समुदायबीच भएको झडप चर्किएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी
निर्वाचन आयोग ले राजनीतिक दल र उम्मेदवारहरूलाई आफ्ना घोषणापत्र अनिवार्य रूपमा आयोगमा दर्ता गराउन निर्देशन
आज काठमाडौं बिभिन्न ठाउँ बति जाने
पैदल यात्रु लाई मुक्का प्रहार गर्ने चालक पक्राउ
शिवरात्रि मा गुप्तेश्वर महादेव मन्दिर मा भक्तजनहरूको घुइँचो भजन मेला भब्य रूप ले सम्पन्न
पेट्रोल र डिजेलको मूल्य वृद्धि, आज रातिदेखि नयाँ दर लागू
विमानस्थल क्षेत्रमा जुलुस धर्ना प्रदर्शन गर्न नपाइने
नेपाल इटालीसँग १० विकेटले पराजित

