लोकल अर्गानिक उत्पादन बिक्रिका लागि बन्दीपुर कोशेली घर संचालनमा

पुष २, सोमवार , स्थानीय उत्पादन बिक्रि गर्न बन्दीपुरमा कोशेली घर संचालनमा ल्याईएको छ । बन्दीपुर गाउँपालिकाको सहयोगमा बन्दीपुर परिश्रमी युवा समुहले बन्दीपुर बजारमा कोशेली घर संचालनमा ल्याइएको हो।

कोशेली घरको सोमबार उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर गाउँपालिका भित्र उत्पादन हुने वस्तुहरुको प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने बताए । कोशेली घरमा कृषकहरुले उत्पादन गरेका मस्यौरा, बेसार, मास, मकै मस्याङ, तरुल, अदुवा, पिडाँलु, अचार, लगायतका खाद्य सामाग्री, कपडा धुने साबुन ,हार्पिक राखिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *