२०८३ वैशाख ७, सोमवार

आज को मौसम अपडेट

3 hours ago

 

बैशाख ७गते ✍️ होप अनलाईन मिडिया

नेपालमा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण देशका विभिन्न भू-भागमा वर्षा, हिमपात र बढ्दो गर्मीको मिश्रित प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्तमान मौसमी अवस्था:

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ। यस्तै, सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका साथै कोशीको तराई भागमा समेत आंशिक बादल लागेको महाशाखाले उल्लेख गरेको छ। यतिबेला कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ।

सोमबारको पूर्वानुमान:

आज कोशी प्रदेश लगायत अन्य पहाडी र हिमाली क्षेत्रमा बदलीको क्रम जारी रहने देखिन्छ। तराईका केही भू-भागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ। विशेषगरी कोशी र गण्डकीका पहाडी क्षेत्रका साथै बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

तराईमा बढ्दो तापक्रम र सतर्कता:

पहाडमा वर्षा र हिमपातको सम्भावना रहँदा तराई र बेसी क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ। मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लाहरूमा तातो हावा (लु) चल्ने र तापक्रम बढ्ने सम्भावना छ।

बढ्दो गर्मी र तातो हावाबाट जोगिन आवश्यक सतर्कता अपनाउन र स्वास्थ्यको ख्याल गर्न मौसमविद्हरूले सर्वसाधारणमा सुझाव दिएका छन्।

आज सोम वार को राशिफल
मनोरञ्जन 4 hours ago
आज शनिवार को राशिफल
मनोरञ्जन 2 days ago