एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने
1 week ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_1974-720x400.jpeg)
असार ११गते :राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिनुभयो । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उहाँको भनाइ छ ।
परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।” उहाँले कर्मचारीहरुको समूह बनाएर काम भइरहेको बताउनुभयो ।
उहाँले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिनुभयो । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताउनुभयो । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उहाँको भनाइ छ ।
गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।।
असार २१गते शुक्रवार को राशिफल हेर्नुस
मनोरञ्जन 6 hours ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/01/inbound4623768261672775143-200x130.jpg)
असार २०गते विहिवार को राशिफल हेर्नुस
मनोरञ्जन 1 day ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/01/inbound4623768261672775143-200x130.jpg)
राजधानी को सडक भासिदा बाईक ११फिट गईराे मा छिर्यो
समाचार 1 day ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/07/IMG_2155-200x130.jpeg)
नुन को भाउ बड्यो
विजनेस 2 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/07/IMG_2156-200x130.jpeg)
असार १८गते मंङगलबार को राशिफल हेर्नुस
मनोरञ्जन 3 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/11/FB_IMG_16569527596383283-200x130.jpg)
एसईइ को मौका परिक्षा साउन २३गते देखि ३१गते हुने
समाचार 4 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_1974-200x130.jpeg)
असार १७गते सोम वार को राशिफल हेर्नुस
मनोरञ्जन 4 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2143-200x130.jpeg)
नेपाल आयल निगम ले पेट्रोल डिजेल मट्टितेल मा मुल्य बडायो
विजनेस 4 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2024/06/IMG_2142-200x130.jpeg)
घर को छतमा ट्याकटर खस्दा दुई वालिका को ज्यान गयो
समाचार 4 days ago
![](https://hopeonlinemedia.com/wp-content/uploads/2023/12/FB_IMG_17028302166853974-200x130.jpg)