ट्याक्टर दुर्घटना हुदा एक काे मृत्युु ४घाइते

पुस २५गते :पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ । गएराति कालीगण्डकी करिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भई सडकबाट १५ मिटर तल खसेपछि घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

स्थानीय र जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीको सहयोगमा घाइतेको उद्दार गरिएको थियो । पाल्पा रम्भा गाउँपालिका २ हुँगीका १८ वर्षीय विवेक थापा, सोही स्थानका १८ वर्षीय पूर्ण बहादुर बोटे रामपुर नगरपालिका वडा नं. १ का २४ वर्षीय दिल बहादुर घर्ती, सोही स्थानका १६ वर्षीय युवराज घर्ती घाइते रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ ।-


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *