धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ

जेठ २१गते ✍️ होप अनलाई  मिडिया

भक्तपुर  को छालिङ क्षेत्रमा पारिवारिक विवादका कारण एक महिलाको ज्यान गएको   छ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१० मा डेरामा बस्दै आएका शङ्करापुर नगरपालिका–६ नाङ्लेभारे निवासी विदुर विश्वकर्माले आफ्नी ३३ वर्षीया पत्नी सलिना विश्वकर्मामाथि धारिलो हतियार प्रहार गरेका थिए । घटनामा गम्भीर घाइते भएकी सलिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा दम्पतीका आठ वर्षीय छोरा त्रिशल पनि घाइते भएका छन् । उनको उपचार भइरहेको बताइएको छ ।

प्रहरीले घटनापछि विदुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका क्रममा घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *