२०८१ असार २०, बिहिवार

कर्णाली प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक बस्दै

2 years ago

४ साउन, सुर्खेत । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले संसद् बहिष्कार गरेपछि कर्णाली प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक बोलाएको छ ।

सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरेपछि विवाद समाधानका लागि सभामुख शाहीले सर्वदलीय बैठक बोलाएका हुन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैलीप्रति विरोध गर्दै माओवादीले मंगलबार प्रदेशसभा बैठक बहिस्कार गरेकाे थियाे । मुख्यमन्त्रीले गठबन्धनको भावना र मूल्य मान्यताविपरीत एकलौटी रुपमा अघि बढ्न खोजेको माओवादीकाे आरोप छ ।

अघिल्लो सरकारले गरेका कामहरू कटौती गरेको तथा सदन र सरकारमा पार्टीलाई बेवास्ता गरेको प्रदेश सभा सदस्य गाेपाल शर्माले बताए । संसदभित्र माओवादी प्रमुख सत्ता साझेदार दल हो भन्ने खालको अनुभूति नभएको उनको भनाइ छ ।

नुन को भाउ बड्यो
विजनेस 2 days ago