कर्णाली प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक बस्दै
4 years ago
४ साउन, सुर्खेत । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले संसद् बहिष्कार गरेपछि कर्णाली प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक बोलाएको छ ।
सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरेपछि विवाद समाधानका लागि सभामुख शाहीले सर्वदलीय बैठक बोलाएका हुन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैलीप्रति विरोध गर्दै माओवादीले मंगलबार प्रदेशसभा बैठक बहिस्कार गरेकाे थियाे । मुख्यमन्त्रीले गठबन्धनको भावना र मूल्य मान्यताविपरीत एकलौटी रुपमा अघि बढ्न खोजेको माओवादीकाे आरोप छ ।
अघिल्लो सरकारले गरेका कामहरू कटौती गरेको तथा सदन र सरकारमा पार्टीलाई बेवास्ता गरेको प्रदेश सभा सदस्य गाेपाल शर्माले बताए । संसदभित्र माओवादी प्रमुख सत्ता साझेदार दल हो भन्ने खालको अनुभूति नभएको उनको भनाइ छ ।
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए
धालिलो हतियार प्रहार गरि श्रीमति को हत्या गर्ने श्रीमान पक्राउ
दैलेखमा पेट्रोलियम उत्खननको नयाँ तयारी, दोस्रो चरणको सम्झौता हुँदै