२०८१ असार २०, बिहिवार

नुवाकोटमा आमा छोरीको हत्या गरि फरार व्यक्ति पक्राउ

2 years ago

The Criminal Procedure Code: Arrests - IndiaFilings

नुवाकोट, २९ कात्तिक । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ बालकुमारीको भंगेरिमा आमा छोरीको सोमबार बेलुका हत्या भएको छ । दिमागी सन्तुलन गुमाएर सुधार केन्द्रमा उपचार गर्ने क्रममा भागेर घर आएका करिव २१ बर्षका पुस्कल तामाङले धारिलो हतियार खुकुरी प्रहार गरि विभत्स हत्या गरेका छन् । उनि सुधार केन्द्रबाट भागेर दशैँ अघि मात्र घर आएको स्थानीयले बताएका छन् ।

हत्या गरि फरार रहेका उनलाई मंगलबार राति २:३० बजे प्रहरीले पक्राउ गरेको छ । उनि २ जनाको हत्या गरेपछि त्यहि वरिपरी घुमिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको खरानीटार प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक योगेश खरेलले न्युज बिहानीलाई बताए । २२ बर्षीय सम्झना खतिवडा र उनको ३ बर्षिय छोरी कृष्टिना खतिवडाको हत्या भएको हो ।

सम्झना खतिवडालाई आँगन र छोरी क्रिष्टिनालाई घर भित्र मझेरीमा खुकुरी प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । हत्यारा तामाङले आफुले हत्या गरेको स्वीकार गरेको खरेलले बताएका छन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय बिदुर पठाईएको छ । घटनास्थलमा सोमबार बेलुका नै नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको थियो ।

नुवाकोट जिल्ला प्रहरी प्रमुख हरि बहादुर वलीका अनुसार ति व्यक्तिले सोमबार दिउँसो पनि डोजर ड्राइभरको हत्या गर्न खोजेको जानकारी प्राप्त भएको बताएका छन् । वलीले गाउँका अन्यलाई पनि मार्ने धम्कि दिएको जानकारी आएको बताए । स्थानीयका अनुसार हत्या क्रूरतापुर्वक गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।

नुन को भाउ बड्यो
विजनेस 2 days ago