नुवाकोटमा आमा छोरीको हत्या गरि फरार व्यक्ति पक्राउ
4 years ago

नुवाकोट, २९ कात्तिक । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ बालकुमारीको भंगेरिमा आमा छोरीको सोमबार बेलुका हत्या भएको छ । दिमागी सन्तुलन गुमाएर सुधार केन्द्रमा उपचार गर्ने क्रममा भागेर घर आएका करिव २१ बर्षका पुस्कल तामाङले धारिलो हतियार खुकुरी प्रहार गरि विभत्स हत्या गरेका छन् । उनि सुधार केन्द्रबाट भागेर दशैँ अघि मात्र घर आएको स्थानीयले बताएका छन् ।
हत्या गरि फरार रहेका उनलाई मंगलबार राति २:३० बजे प्रहरीले पक्राउ गरेको छ । उनि २ जनाको हत्या गरेपछि त्यहि वरिपरी घुमिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको खरानीटार प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक योगेश खरेलले न्युज बिहानीलाई बताए । २२ बर्षीय सम्झना खतिवडा र उनको ३ बर्षिय छोरी कृष्टिना खतिवडाको हत्या भएको हो ।
सम्झना खतिवडालाई आँगन र छोरी क्रिष्टिनालाई घर भित्र मझेरीमा खुकुरी प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । हत्यारा तामाङले आफुले हत्या गरेको स्वीकार गरेको खरेलले बताएका छन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय बिदुर पठाईएको छ । घटनास्थलमा सोमबार बेलुका नै नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको थियो ।
नुवाकोट जिल्ला प्रहरी प्रमुख हरि बहादुर वलीका अनुसार ति व्यक्तिले सोमबार दिउँसो पनि डोजर ड्राइभरको हत्या गर्न खोजेको जानकारी प्राप्त भएको बताएका छन् । वलीले गाउँका अन्यलाई पनि मार्ने धम्कि दिएको जानकारी आएको बताए । स्थानीयका अनुसार हत्या क्रूरतापुर्वक गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।
आज असार ४गते विहिवार को राशिफल
इरानसँगको सहमति अझै अन्तिम चरणमा पुगेको छैन : ट्रम्प
ब्राजिल र मोरक्को १–१ गोलको बराबरीमा रोकिए
काभ्रे बस दुर्घटना : सत्यतथ्य पत्ता लगाउन ६ सदस्यीय छानबिन समिति गठन
क्यानडा र बोस्नियाबीच बराबरी, दुवैले बाँडे एक–एक अंक
भारत भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल, द्विपक्षीय सहकार्य विस्तारमा जोड
विदेशबाट फर्किने नेपालीका लागि नयाँ भन्सार सुविधा लागू
नेपालमा पर्यटक आगमन बढ्दो, मे महिनामै एक लाखभन्दा बढी विदेशी भित्रिए