नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक: मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन
17 hours ago
फागुन २९ गते ✍️ होप अनलाईन मिडिया
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो।
भक्तपुरको गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। केही समयदेखि अस्वस्थ रहनुभएका ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो।
अन्तिम संस्कारको तयारी
स्वर्गीय ओलीको पार्थिव शरीरलाई अहिले भक्तपुरकै गुण्डुस्थित ओली निवासमा लैजाने तयारी भइरहेको छ। पारिवारिक स्रोतका अनुसार, आजै पशुपति आर्यघाटमा उहाँको अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको छ।
९७ वर्षको उमेरमा मृत्युवरण गर्नुभएका स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ। अध्यक्ष केपी शर्मा ओली उहाँका जेठा सुपुत्र हुनुहुन्छ।
आज देखि बजारमा आधा सिलिन्डर ग्यास पाइने, मूल्य ९५५ रुपैयाँ तोकियो
प्रहरी माथि आक्रमण गर्ने दुई जना पक्राउ प्रहरी ले आत्मरक्षाका लागि गोली चलाउँदा एक आक्रमणकारी पनि घाइते
रामेछाप दुर्घटना :दुई जना को मृत्यु ५घाईते
निर्वाचन सुरक्षाका लागि आज रातीदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द
यूएईमा भएको हवाई आक्रमणमा एक नेपालीको मृत्यु
आज को मौसम कस्तो छ
सिन्धुलि को मरिण मा नेपालि कामदार र चिनियाँ कामदार विच झडप हुदा ७जना घाइते

